

-
चितवन । भरतपुर अस्पतालले कोरोना प्रमाणित भएका बिरामीलाई उपचार गर्ने तयारी गरेको छ । अस्पतालले लक्षण देखिएकाहरुलाई अन्य अस्पतालमा उपचार गराए पनि प्रमाणित भएकाहरुलाई अस्पतालमा पठाउन अनुरोध गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीले भने, “कोरोना प्रमाणित भएकाहरुको उपचार सरकारी अस्पतालमा हुन्छ । त्यसको सम्पूर्ण तयारी हामीले गरिरहेका छौँ ।”
अस्पतालले हाल रहेका १९ शय्याको आइसोलेशन वार्डलाई ३० शय्याको बनाउने भएको छ । अस्पतालमा गठित नोेबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण समन्वय समितिको बिहीबार बसेको बैठकले हाल अस्पतालमा सञ्चालनमा रहेको सर्जरी वार्डको क्याविनमा ११ शय्याको आइसोलेशन थप गर्ने निर्णय गरेको हो । त्यस्तै कोभिड १९ सङ्क्रमितलाई व्यवस्थापन तथा उपचार गर्नका लागि हाल सञ्चालनमा रहेको न्यूरो वार्डलाई आवश्यक उपकरण थप गरी १० शय्याको सघन उपचार कक्ष सञ्चालन गर्ने निर्णय भएको छ । उपकरण थप गर्नका लागि अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसंँग आग्रहसमेत गरेको छ ।
कोरोना संक्रमितहरुको लागि तयारी गर्न लागिएको सघन उपचार कक्षमा भेन्टिलेटर आवश्यक रहेकाले १० भेन्टिलेटर र पिपिई उपलब्ध गराइदिन मन्त्रालयलाई अस्पतालले अनुरोध गरेको छ । साथै अस्पतालले कोरोना भाइरसका बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीको पूर्ण बीमा गरिदिन सरकारसंँग माग गरेको छ । पछिल्लो १० दिनभित्र रुघाखोकी तथा ज्वरो आएका, दुई हप्ताभित्र कोरोना जोखिम देशको भ्रमण गरेका वा ती व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिलाई आइसोलेशनमा राखेर सेवा दिइने अस्पतालले जनाएको छ । अस्पतालमा हालसम्म १७ जनाको कोरोना सङ्क्रमण परीक्षण भएको र सबैको नतिजा नेगेटिभ आएको बताइएको छ ।
News Desk 0 response शुक्रबार, चैत्र १४, २०७६


सम्बन्धित शीर्षकहरु
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन् :..
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
आइतवार, बैशाख १४, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२