

-
चितवन । भरतपुर अस्पतालले कोरोना प्रमाणित भएका बिरामीलाई उपचार गर्ने तयारी गरेको छ । अस्पतालले लक्षण देखिएकाहरुलाई अन्य अस्पतालमा उपचार गराए पनि प्रमाणित भएकाहरुलाई अस्पतालमा पठाउन अनुरोध गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीले भने, “कोरोना प्रमाणित भएकाहरुको उपचार सरकारी अस्पतालमा हुन्छ । त्यसको सम्पूर्ण तयारी हामीले गरिरहेका छौँ ।”
अस्पतालले हाल रहेका १९ शय्याको आइसोलेशन वार्डलाई ३० शय्याको बनाउने भएको छ । अस्पतालमा गठित नोेबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण समन्वय समितिको बिहीबार बसेको बैठकले हाल अस्पतालमा सञ्चालनमा रहेको सर्जरी वार्डको क्याविनमा ११ शय्याको आइसोलेशन थप गर्ने निर्णय गरेको हो । त्यस्तै कोभिड १९ सङ्क्रमितलाई व्यवस्थापन तथा उपचार गर्नका लागि हाल सञ्चालनमा रहेको न्यूरो वार्डलाई आवश्यक उपकरण थप गरी १० शय्याको सघन उपचार कक्ष सञ्चालन गर्ने निर्णय भएको छ । उपकरण थप गर्नका लागि अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसंँग आग्रहसमेत गरेको छ ।
कोरोना संक्रमितहरुको लागि तयारी गर्न लागिएको सघन उपचार कक्षमा भेन्टिलेटर आवश्यक रहेकाले १० भेन्टिलेटर र पिपिई उपलब्ध गराइदिन मन्त्रालयलाई अस्पतालले अनुरोध गरेको छ । साथै अस्पतालले कोरोना भाइरसका बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीको पूर्ण बीमा गरिदिन सरकारसंँग माग गरेको छ । पछिल्लो १० दिनभित्र रुघाखोकी तथा ज्वरो आएका, दुई हप्ताभित्र कोरोना जोखिम देशको भ्रमण गरेका वा ती व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिलाई आइसोलेशनमा राखेर सेवा दिइने अस्पतालले जनाएको छ । अस्पतालमा हालसम्म १७ जनाको कोरोना सङ्क्रमण परीक्षण भएको र सबैको नतिजा नेगेटिभ आएको बताइएको छ ।
News Desk 0 response शुक्रबार, चैत्र १४, २०७६

सम्बन्धित शीर्षकहरु
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



