

-
भक्तपुर । कोभिड–१९ सङ्क्रमितलाई आइसोलेटेड वार्डसम्म पुर्याउनका लागि जिल्लाका चार वटै नगरपालिकाले एम्बुलेन्सलाई तयारी अवस्थामा राखेका छन् । सङ्क्रमित बोक्न स्वरुप परिवर्तन गरी तयारी अवस्थामा राखिएका चार एम्बुलेन्सका चालकलाई भक्तपुर अस्पतालमा सुरक्षाका सामग्री प्रदान गरिएको छ । आफ्नो स्वास्थ्य जोखिममा पारेर बिरामी बोक्नुपर्ने अवस्था आएको गुनासो एम्बुलेन्स चालकले गरिरहेका बेलामा नेपाली सेना वीरदल गण सूर्यविनायकका गणपति कर्णेल शिवप्रसाद पौडेलको पहलमा ल्याइएको सामग्री बिहीबार चालकलाई हस्तान्तरण गरिएको हो । चालकलाई गणपति पौडेलले सुरक्षित पोशाकm पर्सनल प्रोटेक्सन इक्विप्मेण्ट, एन नाइन्टिफाइभ मास्क र भाइरस निर्मलीकरण स्प्रे किट एकएक थान प्रदान गरेका छन् ।
मध्यपुरथिमि नगरपालिकाले रु ४० लाखमा ल्याएको नयाँ एम्बुलेन्स र जिल्लाका सूर्यविनायक, चाँगुनारायण र भक्तपुर नगरपालिकाले पनि चलाएका एम्बुलेन्सको स्वरुपलाई परिवर्तन गरी चालक र बिरामीबीच कुनै सम्पर्क नहुने गरेर कोरोना सङ्क्रमित मात्रै बोक्न तयारी अवस्थामा राखिएको छ । सामाग्री हस्तान्तरणपछि चार एम्बुलेन्स चालकलाई भक्तपुर अस्पतालका चिकित्सक टोलीले पिपिइ , पञ्जालगायत सुरक्षित सामग्री लगाउने तरिका र कोरोना बिरामीलाई ह्यान्डलिङ्गÞ गर्ने तरिकाबारेमा तालीम प्रदान गरेको छ ।
गणपति पौडेलले भक्तपुर अस्पताललाई कोरोना सङ्क्रमितले मात्रै प्रयोग गर्ने गरी एक थान विशेष प्रकारको स्ट्रेचर पनि प्रदान गरेका छन् । अस्पतालमा प्रयोग भइरहेको फलामको स्ट्रेचरमा अन्य बिरामी ओसार्नुपर्ने भएकाले एम्बुलेन्सबाट बिरामी झारेर आइसोलेशन वार्डसम्म लैजान अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमलाई हस्तान्तरण गरिएको हो ।
यता जिल्लाका अस्पतालले आइसोलेशन वार्ड तयार पारे पनि कोभिड–१९ का बिरामी आएमा उपचार गर्ने सामान्य सुरक्षित सामग्रीसमेत नभएको गुनासो गरेपछि जिल्लाका प्रत्येक अस्पताललाई सुरक्षित पोशाक तथा पिपिई, एन नाइन्टिफाइभ मास्क र भाइरस निर्मलीकरण गर्ने स्प्रे प्रदान गरिएको छ । वीर दल गणकै समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले कोरोना सङ्क्रमितको उपचारमा खटिने चिकित्सकका लागि ल्याएको पिपिई ५० थान, एन नाइन्टीफाइभ मास्क ५० थान र भाइरस निर्मलीकरण स्प्रे किट १० थान जिल्लाका सबै अस्पताललाई वितरण गरेको छ । रासस
News Desk 0 response शुक्रबार, चैत्र १४, २०७६

सम्बन्धित शीर्षकहरु
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न सरकारसँग रास्वपाको माग
सोमवार, असार २९, २०८३-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३



