-
जाजरकोट । भारत तथा अन्य मुलुकबाट आएका व्यक्तिको पहिचान गरी होम क्वारेन्टाइनमा राख्न शुरु गरिएको छ । शिवालय गाउँपालिकाका–४ र भेरी नगरपालिकाका–११ र १३ मा गरी १८ जनालाई होम क्वारेन्टाइनमा राखिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । त्यस्तै ११ र १२ नं वडामा समेत केही सर्वसाधारण भारतबाट आएको सूचना प्राप्त भएकाले उनीहरुलाई पनि होम क्वारेन्टाइनमा राख्ने काम शुरु गर्न लागिएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए । अन्य स्थानीय तहमा समेत भारतबाट मानिस आएको सूचना प्राप्त भएकाले सोको पहिचान गरी होम क्वारेन्टाइनमा राख्ने काम जारी रहेको उनको भनाइ छ ।
विदेशबाट आएकाको लगत सङ्कलन शुरु
कोरोनाबाट जोगिन तथा जोगाउनका लागि जिल्ला प्रशासन कार्यालयको आग्रहमा सबै स्थानीय तहले विदेशबाट आएकाको लगत सङ्कलन शुरु गरिएको छ । जिल्लाका सबै पालिकामा को–कहाँबाट आएका हुन्, सबैले सूचना दिएर सहयोग गर्नसमेत सर्वसाधारणलाई अनुरोध गरिएको छ ।छेडागाड नगरपालिका, जुनिचाँदे गाउँपालिका र बारेकोट गाउँपालिकामा भारतबाट आएका स्थानीयवासीलाई पहिचान गरी होम क्वारेन्टाइनमा राख्ने काम शुरु भइसकेको छ । त्यस्तै विभिन्न जिल्लाबाट आएर जाजरकोटमा अलपत्र परेका २० जनाको उद्धार गरी सम्बन्धित ठाउँमा पठाउने कामसमेत भएको छ । डोल्पाका मात्र २० जनालाई सुरक्षित तरिकाले पठाएको प्रजिअ पन्तको भनाइ छ ।
क्वारेन्टाइन निर्माण कार्य तीव्र
News Desk 0 response बिहिबार, चैत्र १३, २०७६
जिल्लाका सात स्थानीय तहले स्वास्थ्य सहायता कक्ष स्थापनादेखि क्वारेन्टाइन निर्माणका कामलाई तीव्रता दिएका छन् । बाँचौँ र बचाऔँ भन्ने मूल ध्येयका साथ कुनै कसर बाँकी नराखी काम गरिएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए । सीमानाकामा झनै कडा गरिएको शाहको भनाइ छ । नलगाड नगरपालिकाले रुकुमपश्चिमको आठविसकोट चिसापानी बीचमा स्वास्थ्य सहायता कक्ष स्थापाना गरी काम शुरु गरिएको नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए । जुनिचाँदे गाउँपालिकामा औषधि अभाव भएकाले औषधि आपूर्तिका लागि स्वास्थ्य सेवा कार्यालयबाट औषधि लिएर आफू जान लागेको पत्रकार रेशमबहादुर खड्काले जानकारी दिए ।
सम्बन्धित शीर्षकहरु
विपिन जोशीको रिहाइबारे थप आशावादी भएका छौँ : परराष्ट्रमन्त्री राणा
मङ्लबार, माघ १, २०८१अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
मङ्लबार, माघ १, २०८१आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१-
सुडानको राजधानी खार्तुममा भएको गोलाबारीमा १ सय..
मङ्लबार, माघ १, २०८१ -
विपिन जोशीको रिहाइबारे थप आशावादी भएका छौँ..
मङ्लबार, माघ १, २०८१ -
अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
मङ्लबार, माघ १, २०८१ -
अन्तरिक्षमा रहेको चिनियाँ टोलीले गरेको नयाँ परीक्षण..
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१
-
विपिन जोशीको रिहाइबारे थप आशावादी भएका छौँ..
मङ्लबार, माघ १, २०८१ -
अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
नेपाली सेनाको गोरखा–काठमाडौं एकीकरण पदयात्रा सुरु
आइतवार, पुस २१, २०८१