

-
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९को रोकथाम र नियन्त्रणका लागि विभिन्न अस्पतालमा सामग्री पठाएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका सल्लाहकार डा खेम कार्कीले रोकथामका लागि अस्पतालमा दुई लाख २७ हजार २०१ आवश्यक सामग्री पठाइएको जानकारी दिए । तीमध्ये मास्क दुई लाख २२ हजार ७६० र अन्य विभिन्न सामग्री चार हजार ४४१ रहेका छन् ।
उनका अनुसार व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) ६२५ मध्ये २६७ पठाइएको र ३५८ मौज्दात राखिएको छ । अहिले कोभिड–१९ को उपचारमा संलग्न चिकित्सकले पिपीइ लगाउनुपर्ने हुन्छ । यसैगरी ४८३ गाउन, मुखमा प्रयोग गर्ने मास्क ५२२, स्यानिटाइजर २०९, पञ्जा एक हजार २३६, एन–९५ मास्क ६०१, चश्मा ४७१, आइआर थर्मोमिटर ५८, पिपीइ ग्राउण्ड २८५, सुकभर ४७६ र फेस सिल्ड १०० वटा विभिन्न अस्पतालमा पठाइएको छ ।
यसैगरी उनका अनुसार खरिद गरिएकामध्ये दुई लाख ७९ हजार ३८७ सामग्री तत्काल नपठाइ मौज्दातसमेत गरिएको छ । तीमध्ये मास्क दुई लाख ७२ हजार ४२० र अन्य सामग्री छ हजार ९६७ रहेका छन् । जसअनुसार पिपीइ ३५८, गाउन एक हजार ४५६, फेस मास्क एक हजार ५७८, स्यानिटाइजर ७७, पञ्जा एक हजार ५९३, एन–९५ मास्क २४, चश्मा ४८०, आइआर थर्मोमिटर चार, सुकभर एक हजार १६२ र फेस सिल्ड २३५ मौज्दात राखिएको छ । मौज्दात राखिएका सामग्री आवश्कताअनुसार पठाइने उनले जानकारी दिए ।
News Desk 0 response बुधबार, चैत्र १२, २०७६

सम्बन्धित शीर्षकहरु
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३



