-
जेनेभा । विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलबारसम्म सोह्र हजार ५५८ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरि तीन लाख ८१ हजार ७६१ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा १ लाख २ हजार ४२९ जना उपचारपछि घर फर्किएका छन् । दुई लाख ६२ हजार ७७४ व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १९२ भन्दा बढी देशमा देखा परीसकेको छ ।
चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २७७ व्यक्तिको मृत्यु भएको छ भने, ८१ हजार १७१ जना सङ्क्रमित रहेका छन् । मङ्गलबार प्राप्त एक समाचारअनुसार ७३ हजार १५९ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगको सङ्क्रमणको कारण ६ हजार ७७ व्यक्तिको मृत्यु भएको छ । हाल ६३ हजार ९२७ जना सङक्रमित रहेका छन् । मङ्गलबार प्राप्त एक समाचारअनुसार सात हजार ४३२ व्यक्ति उपचारपछि घर फर्किएका छन् । इरानमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ८१२ व्यक्तिको मृत्यु भएको छ । हाल १२ हजार ८६१ जना सङक्रमित रहेका छन् । सात हजार ८३७६ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ ।
कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा २ हजार ३११ व्यक्तिको मृत्यु भएको छ । हाल २९ हजार ४७० जना सङक्रमित रहेका छन् । मङ्गबार प्राप्त एक समाचारका अनुसार तीन हजार ३५५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । जर्मनी कोरोना भाइरसको सङ्क्रमणको कारण १२३ व्यक्तिको मृत्यु भएको छ । हाल २८ हजार ४८० जना सङक्रमित रहेका छन् । यसैबीच ४५३ उपचारपछि निको भएर घर फर्किएका छन् ।
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण ५८२ व्यक्तिको मृत्यु भएको छ । हाल ४५ हजार २६८ जना सङक्रमित भने, २९५ उपचारपछि निको भएर घर फर्किएका छन् ।फ्रान्समा कोरोना भाइरस सङ्क्रमणको कारण ८६० जनाको मृत्यु भएको छ । मङ्गलबार प्राप्त एक समाचारअनुसार स्रोह हजार ७९६ सङ्क्रमित रहेका छन् भने २ हजार २०० उपचारपछि घर फर्किएका छन् । दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १२० व्यक्तिको मृत्यु भएको छ । पाँच हजार ४१० सङ्क्रमित भएका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार तीन हजार ५०७ उपचारपछि निको भएर घर फर्किएका छन् ।
स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण १२० व्यक्तिको मृत्यु भएको छ । आठ हजार ५४४ सङ्क्रमित भएका छन् । यसैबीच १३१ जना भने उपचारपछि घर फर्किएका छन् ।बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण ३३५ व्यक्तिको मृत्यु भएको छ । छ हजार १८० सङ्क्रमित भएका छन् । यसैबीच १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
नेडरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण २१३ व्यक्तिको मृत्यु भएको छ । चार हजार ५३४ सङ्क्रमित भएका छन् । यसैबीच २ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।अष्ट्रियामा कोरोना भाइरस सङ्क्रमणको कारण २१ व्यक्तिको मृत्यु भएको छ । चार हजार ४४४ सङ्क्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
बेल्जियममा कोरोना भाइरस सङ्क्रमणको कारण ८८ व्यक्तिको मृत्यु भएको छ । तीन हजार २५४ सङ्क्रमित भएका छन् । यसैबीच ४०१ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।नर्वेमा कोरोना भाइरस सङ्क्रमणको कारण १० व्यक्तिको मृत्यु भएको छ । दुई हजार ६०१ सङ्क्रमित भएका छन् । यसैबीच ६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
कोरोना भाइरस सङ्क्रमणको कारण अष्ट्रेलियामा ८, ब्राजिलमा ३४, स्वेडेनमा २७, पोर्चुगलमा २३, क्यानाडामा २४ , डेनमार्कमा २४ मलेसियामा १४, आयरल्याण्डमा ६, पोल्याण्डमा ८, ग्रीसमा १७, इन्डोनेसियामा ४९ र फिलिपिन्समा ३३ हङकङमा ४, इराकमा २३ अल्जेरियमा १७ , भारतमा १०, पाकिस्तानमा ६, थाईल्याण्डमा ४, सिङ्गापुरमा २, रुसमा १, पेरुमा ५, मेक्सिकोमा ४, इजिप्टमा १९, पानामा ६ अर्जेन्टिनामा ४, लेवनान ४, संयुक्त अरव इमिरेट्समा २, ताइवानमा २, सानमरिनोमा २०, हङ्ग्रेरीमा ८, मोरोक्कोमा ४, अफगानिस्तानमा १, नाइजेरियामा १ , बङ्गलादेशमा ३, घानामा २, सुडानमा १ व्यक्तिको मृत्यु भएको आज प्राप्त समाचारमा जनाइएको छ ।
News Desk 0 response मङ्लबार, चैत्र ११, २०७६
सम्बन्धित शीर्षकहरु
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सोमवार, माघ ७, २०८१विपिन सकुशल घर फर्किने आशामा परिवार
सोमवार, माघ ७, २०८१अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको भाउ कति ?
सोमवार, माघ ७, २०८१कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई र उपत्यकामा हुस्सु
सोमवार, माघ ७, २०८१-
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सोमवार, माघ ७, २०८१ -
विपिन सकुशल घर फर्किने आशामा परिवार
सोमवार, माघ ७, २०८१ -
इजरायली जेलबाट ९० प्यालेस्टाइनी कैदी रिहा
सोमवार, माघ ७, २०८१ -
अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको..
सोमवार, माघ ७, २०८१ -
कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई..
सोमवार, माघ ७, २०८१
-
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सोमवार, माघ ७, २०८१ -
विपिन सकुशल घर फर्किने आशामा परिवार
सोमवार, माघ ७, २०८१ -
अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको..
सोमवार, माघ ७, २०८१ -
कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई..
सोमवार, माघ ७, २०८१ -
अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आज पदभार ग्रहण..
सोमवार, माघ ७, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१