

-
डोटी । स्वास्थ्य बीमा कार्यक्रम डोटी जिल्लामा पनि शुरुआत भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले दिपायल सिलगढी नगरपालिकाको सभाहलमा बुधबार आयोजित कार्यक्रममा दुई वृद्धालाई बीमा गरी यसको शुभारम्भ गर्दै बीमा अभियानलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।
बीमा अभियानअन्तर्गत ‘क’ वर्गका अपाङ्गता व्यक्ति, ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुष्ठरोग र क्षयरोगका बिरामीलाई निःशुल्क बीमा गरिने जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । त्यस्तै स्वास्थ्य स्वयंसेविकालाई ५० प्रतिशत छुट दिइएको छ । एक घरका एकदेखि पाँचजनालाई रु तीन हजार ५०० र पाँचभन्दा बढी भए प्रतिएकजना बराबर रु ७०० का दरले वार्षिक प्रिमियम दर रकम लाग्नेछ ।
सुदूरपश्चिमका नौवटै जिल्लामा बीमा कार्यक्रम कार्यान्वयनमा आएको छ । हालसम्म ४८८ स्थानीय तहमा बीमा कार्यक्रम विस्तार भइसकेको जनाइएको छ । विसं २०७२ चैत २५ गते पहिलो पटक कैलालीबाट सो कार्यक्रमको शुभारम्भ भएको थियो । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका डा भूषण मिश्रले भन्नुभयो, “सुदूरपश्चिमका सबै जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बीमा कार्यान्वयनमा आएको छ ”
यसअघि प्रदेशका अन्य जिल्लामा लागू भएको बीमा कार्यक्रममा हालसम्म कूल जनसख्याको १२ प्रतिशत जनसङ्ख्या मात्र आवद्ध भएको जनाइएको छ । पछिल्लो जनगणना अनुसार प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ रहेकोमा हालसम्म कार्यक्रममा दुई लाख ४६ हजार २०३ जना आबद्ध भएका छन् । कैलालीमा सबैभन्दा बढि र दार्चुलामा हालसम्म सबैभन्दा कम स्वास्थ्य बीमित रहेका बताइएको छ । बीमा बोर्डका अनुसार गरिब घरधुरी पहिचान भइसकेका जिल्लामा बीमितको सङ्ख्या बढी भए पनि पहिचान नभएका जिल्लामा सहभागिताको अवस्था कमजोर रहेको देखिएको छ । त्यसैगरी प्रदेश सरकारले कैलाली, अछाम, बझाङ र बाजुरा जिल्लामा गरीब घरधुरी पहिचान गरी परिचयपत्र समेत वितरण गरिसकेको छ ।
प्रदेशका अन्य पाँच जिल्लामा पहिचान हुन बाँकी रहेको जनाएको छ । बीमा बोर्डका अनुसार कैलालीमा एक लाख ३५ हजार ८३१ र दार्चुलामा पाँच हजार ६८५ मात्रै हालसम्म आबद्ध भएका छन् । बझाङमा ३० हजार ११२, बाजुरामा २६ हजार ५७४, अछाममा २५ हजार ८०६, बैतडीमा ११ हजार ९९० र कञ्चनपुरमा १० हजार १९५ स् बीमित रहेका छन् । हालसम्म ३९ हजार ३०१ले सो कार्यक्रमबाट स्वास्थ्य सेवा लिइसकेको र रु तीन करोड ८१ लाख ५ हजार २६२ लगानी भइसकेको जनाएको छ । रासस
News Desk 0 response बिहिबार, फाल्गुन २२, २०७६

सम्बन्धित शीर्षकहरु
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न सरकारसँग रास्वपाको माग
सोमवार, असार २९, २०८३
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत भएको विभागको स्पष्टोक्ति
सोमवार, असार २९, २०८३-
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३ -
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३
-
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३ -
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३



