

-
बेइजिङ । कोरोना जीवाणुको महामारीको केन्द्रका रुपमा रहेको उहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ । गत वर्षको अन्त्यतिर उहानमा उत्पत्ति भएको ठानिएको कोविड–१९ जीवाणुका कारण चीनमा मात्र एक हजार ९०० को मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।
चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले मृत्यु हुने चिकित्सक उहानस्थित उचाङ अस्पतालका निर्देशक लिउ झिमिङ रहनु भएको जनाएको छ । उहाँलाई बचाउन भरमग्दूर प्रयास गरिए पनि नसकिएको अस्पतालको भनाई छ ।
उहाँ कोरोना जीवाणुका कारण मृत्यु हुने पहिलो उच्च पदाधिकारी एवं चिकित्सक हुनुहुन्छ । यही प्राणघातक जीवाणुका कारण उहानमा कम्तीमा छ जना स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ भने एक हजार ७१६ जना सङ्क्रमित भएका छन् ।
यसअघि कोरोना जीवाणुका बारेमा पहिलो जानकारी दिने उहानकै नेत्ररोग विशेषज्ञ डा ली वेनलियाङको मृत्यु भएको थियो । उहानका चिकित्सकहरूले मास्क र शरीरमा लगाउने विशेष सुरक्षा कपडाको अभाव झेलिरहेको बताइन्छ । रासस/एएफपी
News Desk 0 response मङ्लबार, फाल्गुन ६, २०७६


सम्बन्धित शीर्षकहरु
-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा..
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेविरुद्द आज पनि थुनछेक बहस हुँदै
बिहिबार, माघ २४, २०८१ -
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन्..
बिहिबार, माघ २४, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
बिहिबार, माघ २४, २०८१
-
बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा..
बिहिबार, माघ २४, २०८१ -
रवि लामिछानेविरुद्द आज पनि थुनछेक बहस हुँदै
बिहिबार, माघ २४, २०८१ -
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन्..
बिहिबार, माघ २४, २०८१ -
कस्तो रहला आज दिनभरको मौसम ?
बिहिबार, माघ २४, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
आज शहीद दिवस : विभिन्न कार्यक्रमको आयोजना..
बुधबार, माघ १६, २०८१