

-
ताप्लेजुङ । गाउँका अधिकांश स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्न अप्ठ्यारो भएपछि ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आवश्यक स्वास्थ्यकर्मी करारमा नियुक्ति गरी स्वास्थ्य सेवा सुचारु गरेको छ ।
एक स्टाफ नर्स, आठ अहेव, सात अनमी र छ हेल्थ अशिस्टेन गरी २२ स्वास्थ्यकर्मी नियुक्त गरी सेवा अवरुद्ध हुनबाट जोगाएको गाउँपालिकाले जनाएको छ । कर्मचारी समयोजनसँगै स्वास्थ्यका कर्मचारी अन्यत्रै गएपछि अधिकांश स्वास्थ्य संस्था बन्द हुने अवस्थामा पुगेका थिए ।
सरकारले कर्मचारी नपठाएपछि करारमा कर्मचारी नियुक्त गरिएको गाउँपालिका अध्यक्ष टीका गुरुङले जानकारी दिनुभयो । “लामो समयदेखि कर्मचारी छैनन्, गाउँका स्थास्थ्य संस्था कर्मचारीविहीन हुँदा नागरिक सामान्य उपचारबाट समेत बञ्चित हुने अवस्था आयो र सरकारको दायित्वअन्तर्गत रहेर करारमा कर्मचारी नियुक्त गरी पदपूर्ति गरेका हौँ”, उहाँले भन्नुभयो ।
जिल्लाका अन्य गाउँपालिकामा समेत स्वास्थ्यका कर्मचारीको अभाव देखिएको छ । समायोजनपछि सबै कर्मचारीले सुगम रोजेर हिँडेपछि जिल्लाका स्वास्थ्य संस्थामा पर्याप्त कर्मचारी छैनन् । पर्याप्त कर्मचारी नहुँदा सेवाग्राहीले सास्ती बेहोर्दै आएका छन् ।
जुम्लादेखि ताप्लेजुङसम्म
शनिबार सो गाउँपालिकाले शनिबार ती करार पदमा लिएको परीक्षामा जुम्लाका परीक्षार्थी समेत सहभागी भएका थिए । झण्डै छ दिनको यात्रा गरेर जुम्लाका कविराज अधिकारी ताप्लेजुङसम्म आइपुग्नुभयो । उहाँसहित ९४ जना परीक्षामा सामेल हुनुभएको थियो । “जागिर खान निकै समयदेखि दौडधुप गरिरहेको छु, कर्मचारीको माग कहाँ भइरहेको छ भन्ने चासो दिँदै गर्दा यहाँ विज्ञापन खुलेको पाइयो र छ दिन जति लगाएर परीक्षा दिन आएको हुँ”, उहाँले भन्नुभयो । परीक्षामा नेपालगञ्ज, रौतहट, झापा, वीरगञ्ज, धनुषा, महोत्तरी, सुनसरी, झापालगायतका ठाउँबाट सहभागी थिए ।“यति धेरै सङ्ख्यामा आवेदन पर्ला भन्ने हामीले सोचेका पनि थिएनौँ, जुम्लादेखिका परीक्षार्थीले समेत आवेदन दिइ परीक्षामा सहभागी हुनुभयो”, गाउँपालिकाका प्रशासकीय अधिकृत सन्तोष घिमिरेले भन्नुभयो । उहाँका अनुसार एक मेडिकल अधिकृत पद आह्वान गरिएकोमा आवेदन परेन । रासस
News Desk 0 response आइतवार, माघ २६, २०७६

सम्बन्धित शीर्षकहरु
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


