

-
दमौली । चितुवाको आक्रमणबाट ज्यान गुमाउने तनहुँको भानु नगरपालिकास्थित दुई बालकका परिवारलाई डिभिजन वन कार्यालय तनहुँले राहत उपलब्ध गराएको छ । चितुवाको आक्रमणबाट मृत्यु भएका भानु नगरपालिका–१ जामुनेगैह्राका तीन वर्षीय आशिष बानियाँ र –२ फुस्रेटारका सात वर्षीय ऋतिक रोकाको परिवारलाई वन कार्यालयले जनही रु नौ लाख ५० हजार उपलब्ध गराएको हो ।
कार्यालयले घटनालगत्तै किरिया खर्चबापत रु ५०/५० हजार पीडित परिवारलाई प्रदान गरेको थियो । बानियाँको गत असोज २१ गते र रोकाको कात्तिक ११ गते चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।
नगरपालिकाका प्रमुख उदयराज गौली, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र वन कार्यालयका प्रमुख केदार बरालले राहत रकम आज बानियाँका बुबा विष्णुबहादुर र रोकाका आमा सिर्जनालाई प्रदान गर्नुभयो । नगरपालिकाका प्रमुख गौलीले राहत रकमले पीडित परिवारलाई केही सहयोग पुग्ने बताउनुभयो । डेढ वर्षमा भानुमा मात्रै ६ बालबालिकाको मृत्यु भइसकेकाले अझै पनि सतर्कता अपनाउन आवश्यक रहेको उहाँको भनाइ थियो । “हाल भानुमा चितुवाको आक्रमण रोकिए पनि ढुक्कसँग बस्नसक्ने अवस्था छैन,” गौलीले भन्नुभयो ।
डिभिजन वन प्रमुख बरालले विपद्को अवस्थामा राज्य जनताको साथमा छ भन्ने अनुभूति दिलाउन राहत रकम उपलब्ध गराइएको जानकारी दिनुभयो । वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तु क्षतिको राहत निर्देशिका बमोजिम वन्यजन्तुको आक्रमणमा परि मानिसको मृत्यु भएमा अधिकतम रु १० लाखसम्म उपलब्ध गराउने उल्लेख छ । वन कार्यालय तनहुँले भानुमा चितुवाको आक्रमणबाट मृत्यु भएकाका परिवारलाई राहतस्वरुप रु १०/१० लाख प्रदान गरिसकेको छ ।
त्यस्तै आइतबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएका आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली मगर र पुस १४ गते चितुवाको आक्रमणबाट मृत्यु भएका शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महिनाका रविन नेपालीको परिवारलाई तत्कालै रु ५० हजार राहत उपलब्ध गराइएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिनुभयो । रासस
News Desk 0 response सोमवार, पुस २१, २०७६


सम्बन्धित शीर्षकहरु

पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी चल्ने सम्भावना : सतर्कता अपनाउन आग्रह
आइतवार, चैत्र २, २०८१-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची
आइतवार, चैत्र २, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी..
आइतवार, चैत्र २, २०८१ -
आज दिउँसो काठमाडौंका यी स्थानमा काटिंदैछ बिजुली
शनिबार, चैत्र १, २०८१ -
दुना–टपरी उद्योगले प्लाष्टिकजन्य वस्तु विस्थापित
शनिबार, चैत्र १, २०८१
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची
आइतवार, चैत्र २, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी..
आइतवार, चैत्र २, २०८१ -
आज दिउँसो काठमाडौंका यी स्थानमा काटिंदैछ बिजुली
शनिबार, चैत्र १, २०८१ -
दुना–टपरी उद्योगले प्लाष्टिकजन्य वस्तु विस्थापित
शनिबार, चैत्र १, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१ -
बाजुरामा भीरमा अड्किएका ८ जनाको उद्धार
सोमवार, फाल्गुन २६, २०८१ -
युक्रेन र अमेरिकाबीच ३० दिने अस्थायी युद्धविरामको..
बुधबार, फाल्गुन २८, २०८१