

-
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस यही पुस २६ देखि २८ गते तीन दिनसम्म उत्सवका रूपमा मनाउने भएको छ । पार्टीले देशभरका सबै जिल्ला कार्यसमितिले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान एवं नेपालको एकीकरणको अभियानप्रति श्रद्धा, सम्मानलगायत अन्य विविध कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ । यही पुस २७ गते पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना तथा चियापान आयोजना गर्नेछ ।
सामाजिक जीवनका लब्धप्रतिष्ठित व्यक्ति तथा पार्टी सदस्यहरुको सहभागिताका लागि दश हजार निमन्त्रणा कार्ड वितरण गरिने पार्टीका नेता देवेन्द्र प्रधानले जानकारी दिनुभयो । सोही दिन पार्टीको कलासाहित्य विभागले कवि गोष्ठी, ट्रेड युनियन महासङ्घले रक्तदान कार्यक्रम गर्नेछ भने २८ गते सम्पूर्ण भ्रातृ सङ्गठनको संयुक्त आयोजनामा राष्ट्र निर्माणमा शाहको योगदानसम्बन्धी प्रवचन गोष्ठी आयोजना गर्ने जनाइएको छ ।
राष्ट्र निर्माता शाहको दूरदर्शिता र साहसिक नेतृत्वमा नेपाली जनताको साझा प्रयासबाट वर्तमान नेपालको निर्माण र एकीकरण सम्भव भएकाले हामीले आफूलाई नेपाली हौँ भन्ने पहिचान र गौरव प्राप्त गर्न पाएको हुँदा दिवस मनाउन लागिएको नेता प्रधानले बताउनुभयो । पार्टीले यही पुस २७ गते सार्वजनिक बिदाको समेत माग गरेको छ । रासस
News Desk 0 response सोमवार, पुस २१, २०७६


सम्बन्धित शीर्षकहरु
-
कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन..
बुधबार, मंसिर २०, २०८० -
परराष्ट्र निमित्त सचिवमा सेवा लम्साल
बुधबार, मंसिर २०, २०८० -
मिचाउङ सामुद्रिक आँधीको प्रभावले कोशी र मधेस..
बुधबार, मंसिर २०, २०८० -
एनसेल शेयर खरिद–बिक्री अध्ययन गर्न सरकारले छानबिन..
बुधबार, मंसिर २०, २०८० -
रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ
बुधबार, मंसिर २०, २०८०
-
कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन..
बुधबार, मंसिर २०, २०८० -
परराष्ट्र निमित्त सचिवमा सेवा लम्साल
बुधबार, मंसिर २०, २०८० -
मिचाउङ सामुद्रिक आँधीको प्रभावले कोशी र मधेस..
बुधबार, मंसिर २०, २०८० -
एनसेल शेयर खरिद–बिक्री अध्ययन गर्न सरकारले छानबिन..
बुधबार, मंसिर २०, २०८० -
रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ
बुधबार, मंसिर २०, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
७१ सहसचिवको सरुवा (सूचीसहित)
सोमवार, मंसिर ११, २०८० -
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा
सोमवार, मंसिर ११, २०८०