

-
काठमाडौँ । विदेशी नागरिकसँग मिलेर कृषि विकास बैंकको प्रणाली ‘ह्याक’ गरी रकम निकाल्ने गिरोहका अर्का नेपाली एजेन्ट पक्राउ परेका छन् । बैंक ह्याकिङ प्रकरणमा संलग्न मोरङको रङ्गेली नगरपालिका–२ का ४३ वर्षीय दीपक नेपाललाई काठमाडौँको बसुन्धाराबाट पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।
ह्याकिङका मुख्य योजनाकार भने अफ्रिकीमूलका पिटर हुन् । उनले भारतमा बसेर योजना बनाई नेपाली एजेन्टलाई प्रयोग गरेको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । उक्त घटनामा संलग्न मध्ये अहिलेसम्म १९ जना पक्राउ परे पनि अझै १५ जना भन्दाबढी फरार रहेको थापाले बताउनुभयो । पक्राउ परेका बैंकिङ कसुर मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । “बैंकमा चेक साट्न जाँदै गर्दा नेपाललाई पक्राउ गरिएको हो, एक करोड रकम उनको बैंक खातामै छ”, थापाले राससलाई भन्नुभयो । उनी यसअघि पटकपटक रकम निकाल्ने प्रयास गरे पनि पक्राउ पर्न सकेका थिएनन् ।
उनीहरुले कृषि विकास बैंकबाट सफ्टवेयर ह्याक गरी रु चार करोड ७३ लाख ९६ हजार विभिन्न व्यक्तिको नाममा पैसा पठाएको तथा पानस रेमिट नयाँ बानेश्वरबाट रु १२ लाख निकालेका थिए । रु दश लाख हुन्डीमार्फत विदेशी ह्याकरलाई पैसा पठाए पनि अन्य पैसा पठाउन भ्याएका थिएनन् । नेपाली एजेन्टका खाताखाता मै पैसा पुगेको थियो ।
गत असोज पाँच गते पानस रेमिट र कृषि विकास बैंकको प्रणाली ह्याक गरी उनीहरुले रकम निकाल्दै गर्दा १२ जनालाई महाशाखाको टोलीले पक्राउ गरेको थियो । उनीहरुबाट तत्कालीन समयमा प्रहरीले रु ६५ लाख बरामद गरेको थियो ।
प्रहरीका अनुसार नाइजेरियाली र भारतीय नागरिकसँग मिलेर नेपालको बैंक तथा वित्तीय संस्थाबाट रु पाँच अर्ब रकम निकाल्ने योजना उनीहरुको थियो । समयमै सूचना प्राप्त हुँदा उनीहरुको योजना विफल भयो । भारतको मुम्बई र नेपालमै बसी उक्त गिरोहले नेपाली नागरिकलाई प्रयोग गरी कृषि विकास बैंकको क्रेडेन्सियल ह्याक गरी रकम निकालेका थिए । शुक्रबार पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ । रासस
News Desk 0 response आइतवार, पुस २०, २०७६


सम्बन्धित शीर्षकहरु

व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई सञ्चित नाफामा गणना गर्नसक्ने
बुधबार, मंसिर १३, २०८०-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
केपी ओली कप टी २० क्रिकेट प्रतियोगिता..
बिहिबार, मंसिर ७, २०८० -
सर्वोच्चमै सात न्यायाधीश रिक्त, साढे दुई वर्षदेखि..
मङ्लबार, मंसिर ५, २०८० -
७१ सहसचिवको सरुवा (सूचीसहित)
सोमवार, मंसिर ११, २०८० -
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा
सोमवार, मंसिर ११, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८०