

-
भीमदत्तनगर । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा सत्तारुढ दल नेकपाको जिम्मेवारी बढ्दै गएको बताउनुभएको छ । प्रेस सङ्गठन कञ्चनपुरले आज कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले आसन्न राष्ट्रियसभाको निर्वाचनमा नेकपाको शक्ति वृद्धि हुने दाबी गर्नुभयो ।
“प्रतिनिधिसभा हुँदै अब राष्ट्रियसभामा पनि नेकपाको शक्ति वृद्धि हुँदैछ”, उहाँले भन्नुभयो, “जनभावनाअनुसार सरकार पनि गम्भीर भएर अघि बढ्नुपर्छ ।” जनताको भरपर्दो र विश्वासिलो पार्टीका रूपमा नेकपा रहेको भन्दै उहाँले प्रतिनिधिसभाको सभामुख चयनका विषयमा पनि पार्टीको केन्द्रीय कमिटीले टुङ्गो लगाउने जानकारी दिनुभयो ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मुलुकका सबै प्रदेशहरुले आ–आफ्नो विशेषतालाई पर्यटकसामु पु¥याउन पहल गर्नुपर्नेमा नेता नेपालको जोड थियो । “पर्यटन आर्थिक विकासको इन्जिन हो”, उहाँले भन्नुभयो, “यसलाई गतिशील बनाउन आवश्यक छ ।”
भारतसित देखिएको सीमा विवादको विषय तथ्य र प्रमाणका आधारमा टुङ्गो लगाउनुपर्ने भन्दै उहाँले त्यसका लागि अहिले उपयुक्त समय भएको बताउनुभयो । “आर्थिक विकासका लागि सबैसित सद्भाव चाहन्छौँ”, उहाँले भन्नुभयो, “छिमेकीले एकअर्काको विश्वास जित्नु ठूलो कुरा हो ।” रासस
News Desk 0 response आइतवार, पुस २०, २०७६

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


