

-
काठमाडौँ । जापान रोजगारीमा नेपाली युवाको अपेक्षित सहभागिता हुन नसकिरहेका बेला जापानले झण्डै दुई हजार बढी कामदार लैजाने तयारी गरेको छ । जापान फाउण्डेशनले यही जनवरीमा एक हजार र आगामी मार्चमा एक हजार ३०० नेपाली कामदार लैजाने तयारी थालेको छ । फाउण्डेसनले एक सूचना जारी गरी परीक्षा तालिका सार्वजनिक गरेको हो ।
जनवरी ७, ८, १४–१६, २१–२३, २८ र २९ तारिखमा भाषा परीक्षा हुनेछ । यस्तै आगामी मार्च ३–५, ९–११, १२ र १५–१९ तारिखसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षा शुल्क दुई हजार ५०० तोकिएको छ । कम्प्युटरमा आधारित परीक्षा प्रणालीका आधारमा लिखित, सीप परीक्षणलगायत परीक्षा हुनेछ । परीक्षार्थीले साधारण बोलिचाली तथा प्रस्तुती, जापानी भाषा सुनाइ र पढाइमा उर्तीण हुनुपर्नेछ । २५० अङ्कको परीक्षामा सहभागीले न्यूनतम् २०० अङ्क ल्याउनुपर्ने छ ।
परीक्षामा सहभागी हुन चाहने युवाले नेपाली नागरिकता, राहदानी वा सवारीचालक परिचयत्र पेश गर्नुपर्नेछ । दैनिक जीवनमा आइपर्ने कामका लागि जापानी भाषा सहजै बुझ्ने, बोल्ने र लेख्न सक्ने तथा आफ्नो र आफ्नो वरिपरिको परिस्थितिको बारेमा जापानी भाषामा सहजै बोल्न सक्नुपर्नेछ । फाउण्डेशनले डिल्लीबजारस्थित युनिभर्सल ल्याङ्वेज एण्ड कम्प्युटर इन्स्टिच्युटमा परीक्षा सञ्चालन गर्नेछ ।
गत चैतमा नेपाल र जापानबीच कामदार लैजानेसम्बन्धी समझदारी भएको थियो । पहिलो चरणमा जापान रोजगारीका लागि १३ हजार युवाले सहभागिता जनाएका थिए । नेपालबाट नर्सिङ केयरगिभरमा कामदार लैजाने जापानको तयारी छ । जापानले गतवर्ष विभिन्न १४ क्षेत्रमा विदेशी कामदार ल्याउने घोषणा गरेको थियो । रासस
News Desk 0 response शनिबार, पुस १९, २०७६


सम्बन्धित शीर्षकहरु

व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई सञ्चित नाफामा गणना गर्नसक्ने
बुधबार, मंसिर १३, २०८०-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
केपी ओली कप टी २० क्रिकेट प्रतियोगिता..
बिहिबार, मंसिर ७, २०८० -
सर्वोच्चमै सात न्यायाधीश रिक्त, साढे दुई वर्षदेखि..
मङ्लबार, मंसिर ५, २०८० -
७१ सहसचिवको सरुवा (सूचीसहित)
सोमवार, मंसिर ११, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा
सोमवार, मंसिर ११, २०८०