

-
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहरको सङ्कलन कार्य फरक–फरक दिन शुरु गरेको छ । सबै फोहर एकै स्थानमा व्यवस्थपन गर्दा समस्या भएको भन्दै कामपाले हप्ताको चार दिन कुहिने र तीन दिन नकुहिने फोहर सङ्कलन कार्य शुरु गरेको हो । बत्तीस वडा रहेको कामपाले पहिलो चरणमा वडा नं १२, १८ र २१ मा यो कार्य शुरु गरेको छ ।
कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार आइतबार, मङ्गलबार, बिहीबार र शनिबार नकुहिने र सोमबार, बुधबार र शुक्रबार कुहिने फोहर सङ्कलन कार्य भइरहेको छ । प्रमुख श्रेष्ठका अनुसार तोकिएको समयअनुसार फोहर सङ्कलन गर्ने सवारीसाधनले कुहिने र नकुहिने फोहर सङ्कलन गर्नेछन् । विभागले फोहरको सही सदुपयोग गर्न वर्गीकरण शुरु गरेको जनाएको छ ।
पहिलो केही वडामा काम शुरु गरेको भए पनि अन्य वडामा पनि यस किसिमको कार्यको थालनी गर्नका लागि अभ्यास भइरहेको श्रेष्ठले जानकारी गराउनुभयो । अव्यवस्थित शहरीकरण, आवश्यक पूर्वाधारको अभाव, जनसङ्ख्या वृद्धि, जनचेतनाको अभावजस्ता कारणले कामपा क्षेत्रको फोहरमैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा फोहर सङ्कलन गर्न नयाँ व्यवस्था लागू गरिएको हो ।
कामपाले आगामी दुई महिनाभित्र ३२ वटै वडामा वर्गीकरण गरिएको फोहर व्यवस्थापन गर्ने तयारी गरेको छ । अहिले उपत्यकामा घरेलु, औद्योगिक, रासायनिक, स्वास्थ्य संस्थाजन्य वा हानिकारक फोहरमैला उत्पादन बढी हुने गरेको छ ।
फोहरलाई स्रोतमा नै व्यवस्थापन गर्ने प्रणालीको विकास गर्दै फोहरमैलाको परिमाण कम गर्न घर–घरबाट उत्सर्जन हुने जैविक र अजैविक फोहर फरक किसिमले भाँडोमा राख्ने परिपाटीको विकास गर्न तालिका बनाएर फोहर सङ्कलन गरेको उहाँले बताउनुभयो ।
यसरी सङ्कलन गरिएको जैविक र अजैविक फोहर छुट्याई जैविकलाई कम्पोस्ट मलमा रुपान्तरण गर्ने, करेसाबारीमा प्रयोग गर्ने अजैविक फोहरलाई पुनःप्रयोग गर्ने गरी यस कामपाले यस किसिमको विधि अपनाएको हो । हाल उपत्यकाका १८ स्थानीय निकायबाट दैनिक एक हजार ४५ टन फोहर सङ्कलन हुने गरेको छ । रासस
News Desk 0 response शनिबार, पुस १९, २०७६

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


