

-
सर्लाही । नेपाल–भारत सीमा जोडिएका सर्लाही जिल्लाका सीमावर्ती दशगजा अतिक्रमित क्षेत्रको निरीक्षण तथा अनुगमन गरिएको छ । पछिल्लो समय सीमा अतिक्रमणको विषयले चर्चा पाउन थालेपछि परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालयसहितको प्रतिनिधिमण्डलको टोलीले छिमेकी मुलुक भारतसँग जोडिएका सीमा क्षेत्रको संयुक्त निरीक्षण तथा अनुगमन गरेको हो ।
परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, रक्षा मन्त्रालयका सहसचिव यज्ञप्रसाद भट्टराई, नेपाली सेनाका सहायक रथि सहदेव खड्का, जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, सशस्त्र प्रहरी बल नं १० गणका गणपति विनोदराज श्रेष्ठलगायतले मिचिएका सिमानाहरुका साथै दशगजा क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमन गरेका हुन् ।
प्रदेश नं २ का ८ जिल्लामा मात्र ४६४ किलोमिटर खुला सिमाना तथा दशगजा क्षेत्र रहेको छ । यसअन्तर्गत सर्लाहीमा ५१ किलोमिटर, रौतटहमा ३२ किलोमिटर, बारामा ६० किलोमिटर, पर्सामा १०७ किलोमिटर, महोत्तरीमा ३८ किलोमिटर, धनुषामा ४१ किलोमिटर, सिरहामा ५७ किलोमिटर र सप्तरीमा ७८ किलोमिटर भातरसँग खुला सिमाना रहेको छ । यस क्षेत्रका स्थानीयवासी साँझ नेपाली हुने र बिहान उठ्दा भारतीय भइसकेको हुने गरेका छन् । यस क्षेत्रमा दिन प्रतिदिन सीमा मिचिनुको साथै साना तथा ठूला जङ्गेपिलर हराउने गरेका छन् ।
उक्त निरीक्षण तथा अनुगमनका क्रममा नेपालतर्फ सर्लाहीको पर्सा गाउँपालिकामा रहेका तीन, ब्रम्पुरी गाउँपालिकामा रहेका चार, मलङ्गवा नगरपालिकामा रहेका आठ सीमास्तम्भको स्थलगत निरीक्षण तथा अनुगमन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो ।
खुला सीमाका कारण आपराधिक गतिविधिहरु बढ्नुको साथै दिनप्रतिदिन सीमा मिचिएको र सीमास्तम्भ पनि दिन प्रतिदिन सारिने तथा हराउने गरेको विषयमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पटक–पटक कुरा उठिरहेको सययमा सीमानाका र सीमास्तम्भको स्थलगत निरीक्षण तथा अनुगमन गरिएको हो । रासस
News Desk 0 response शुक्रबार, पुस १८, २०७६

सम्बन्धित शीर्षकहरु
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्ने
बिहिबार, कार्तिक २८, २०८२-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



