

-
कैलाली । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बलियो लोकतन्त्रभित्रको मुख्य प्र्रश्न स्वतन्त्र पत्रकारिता रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको नवनिर्मित भवनको धनगढीमा आज उद्घाटन गर्दै उहाँले स्वतन्त्र पत्रकारितालाई बलियो बनाउने मूलआधार आफ्नो स्रोतमा आफै आत्मनिर्भर हुनु हो भन्नुभयो । मन्त्री बाँस्कोटाले भन्नुभयो “आफ्नो व्यवसायप्रति आत्मनिर्भर भइयो भने मर्यादित ढङ्गले बाँच्ने आधार सिर्जना हुन्छ । उहाँले समानुपातिक विज्ञापन नीतिले सञ्चारमाध्यमलाई सामानुपातिक विज्ञापन वितरण गर्ने जानकारी दिनुभयो ।
सुदूपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले अगामी दिनमा सुदूरपश्चिम सरकारले सञ्चारकर्मीको दक्षता अभिवृद्धि गर्न थप सहकार्य गर्ने जानकारी दिँदै सङ्घीय सरकारले पनि थप वित्तीय स्रोत प्रदान गर्नुपर्छ भन्नुभयो । महासङ्घका जिल्ला अध्यक्ष जगत साउदको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुलीलगायतले पत्रकार हक हितका बारे चर्चा गर्नुभएको थियो । रासस
News Desk 0 response बिहिबार, पुस १७, २०७६


सम्बन्धित शीर्षकहरु
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
गोरखाका नेवारले यसरी मनाए मकै सुकाउने पर्व
मङ्लबार, मंसिर १२, २०८० -
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने..
शुक्रबार, मंसिर १५, २०८०