उपेन्द्र यादवका पालामा मोलमोलाई गरेर सरुवा भएका हाकिमहरु तनावमा
एक महिनासम्म सरुवाको तयारी नगरेका मन्त्री ढकालले अब भने कर्मचारी सरुवा गर्ने सोच अघि सारेपछि कर्मचारीहरुबीच हल्लीखल्ली शुरु भएको छ । श्रोतका अनुसार मन्त्रालयमा प्रशासन महाशाखाका सहसचिव शिवराम न्यौपाने, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। रोशन पोखरेल, नीति योजना तथा अनुगमन महाशाखा प्रमुख विकास देवकोटा, कान्ति बाल अस्पतालका निर्देशक डा आरपी बिच्छा, ट्रमा सेन्टरका निर्देशक डा प्रमोदकुमार यादव, उपचारात्मक सेवा महाशाखामा रहेका डा तारा पोखरेल लगायतका केही प्रमुखहरुको विषयमा मन्त्री ढकालसमक्ष सिकायत पुगेको छ । कतिपय अनियमिततामा संलग्न भएको र कतिपय कार्यसम्पादनमा कमजोर भएकोले उनीहरुको सरुवा हुने सम्भावना प्रवल देखिन्छ ।
-
काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा यसअघि स्वास्थ्यमन्त्री रहेका उपेन्द्र यादवका पालामा मोलमोलाई गरेर सरुवा भएका हाकिमहरु अहिले सरुवा हुने त्रासले तनावमा परेका छन् । भानुभक्त ढकाल मन्त्री भएर आएपछि स्वास्थ्यमा काम गर्ने कर्मचारीहरुमा जिम्मेवारी हेरफेर हुने चर्चा व्यापक बनेको छ ।
स्वास्थ्यमन्त्री ढकालले कर्मचारीहरुलाई राजनीतिक दृष्टिकाणबाट नहेरी काम र क्षमताका आधारमा जिम्मेवारी दिने बताएपछि यसअघि मोटो रकम खर्च गरेर मालदार ठाउँमा सरुवा भएका हाकिमहरु थमौतीका लागि दौडधूप गरिरहेका छन् । स्वास्थ्यमन्त्री ढकालले अहिले कर्मचारीहरुको क्षमता र दक्षता अध्ययन गरिरहेको बताइन्छ । स्वास्थ्यमन्त्रालयमा यसअघि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट भनेर चिनिएका कर्मचारीहरु पेलाइमा परेका थिए । उनीहरुले सरुवामा न्याय नभएपनि अन्याय हुनुहुन्न भन्दै आएका छन् ।
एक महिनासम्म सरुवाको तयारी नगरेका मन्त्री ढकालले अब भने कर्मचारी सरुवा गर्ने सोच अघि सारेपछि कर्मचारीहरुबीच हल्लीखल्ली शुरु भएको छ । श्रोतका अनुसार मन्त्रालयमा प्रशासन महाशाखाका सहसचिव शिवराम न्यौपाने, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा रोशन पोखरेल, नीति योजना तथा अनुगमन महाशाखा प्रमुख विकास देवकोटा, कान्ति बाल अस्पतालका निर्देशक डा आरपी बिच्छा, ट्रमा सेन्टरका निर्देशक डा प्रमोदकुमार यादव, उपचारात्मक सेवा महाशाखामा रहेका डा तारा पोखरेल लगायतका केही प्रमुखहरुको विषयमा मन्त्री ढकालसमक्ष सिकायत पुगेको छ । कतिपय अनियमिततामा संलग्न भएको र कतिपय कार्यसम्पादनमा कमजोर भएकोले उनीहरुको सरुवा हुने सम्भावना प्रवल देखिन्छ ।
यसअघि स्वास्थ्य सेवा विभागको महानिर्देशक रहेका डा गुणराज लोहनीलाई तत्कालीन स्वास्थ्यमन्त्री यादवले लोहनीलाई हटाएर पोखरेललाई महानिर्देशक बनाएका थिए । पोखरेललाई महानिर्देशक बनाउदा यादवले शुभलाभ गरेको चर्चा त्यतिबेला स्वास्थ्य मन्त्रालय परिसरमा व्यापक बनेको थियो । त्यस्तै महाशाखा र विभागीय प्रमुखहरु नियुक्तिमा पनि त्यसबेला आर्थिक चलखेल भएको बताईन्छ । हाल कोशी अञ्चल अस्पताल पुगेका डा। लोहनी विशिष्ट श्रेणीमा बढुवा हुने लाइनमा छन् । कतिपयले लोहनीलाई फेरी स्वास्थ्य विभागको महानिर्देशक बनाउन मन्त्री ढकाललाई सुझाव दिइरहेका छन् ।
त्यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा। विवेकलाललाई राष्ट्रिय क्षयरोग केन्द्रमा, केन्द्रका प्रमुख डा। सागरकुमार राजभण्डारीलाई कुनै एक अस्पतालमा, वीर अस्पतालका निर्देशक डा। केदार सेन्चुरीलाई इपिडिमियोलोजीमा र वीरमा मन्त्री निकटका व्यक्तिलाई निर्देशक बनाउने तयारी पनि भईरहेको श्रोतको दाबी छ ।
उता राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा।सन्तोष पौडेलको चर्चा छ । ट्रमा सेन्टरमा नै पदस्थापन भएका ११ औं तहका डा। मदनकुमार उपाध्याय पनि काठमाडौंमा नै आउन चाहिरहेका छन् ।
News Desk 0 response बुधबार, पुस १६, २०७६
सम्बन्धित शीर्षकहरु
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी
सोमवार, पुस २९, २०८१रवि लामिछानेको थुनछेक बहस आजपनि सकिएन, पर्सिसम्मै हिरासतमा रहने
सोमवार, पुस २९, २०८१-
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी
सोमवार, पुस २९, २०८१ -
रवि लामिछानेको थुनछेक बहस आजपनि सकिएन, पर्सिसम्मै..
सोमवार, पुस २९, २०८१ -
कर्णालीको अदुवा र बेसार युरोपमा
सोमवार, पुस २९, २०८१
-
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी
सोमवार, पुस २९, २०८१ -
रवि लामिछानेको थुनछेक बहस आजपनि सकिएन, पर्सिसम्मै..
सोमवार, पुस २९, २०८१ -
कर्णालीको अदुवा र बेसार युरोपमा
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र..
शनिबार, पुस २०, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१