

-
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज टेलिफोन संवाद भई उहाँहरुले आपसमा अङ्ग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुभएको छ ।
दुई प्रधानमन्त्रीबीच भएको टेलिफोन संवादमा दुई देशबीचका बाँकी समस्या समाधान गर्दै सम्बन्धलाई नयाँ उचाइमा पु-याउन सन् २०२० सफल रहने विश्वास उहाँहरुले व्यक्त गर्नुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
नेपालको लिपुलेकलाई भारतले आफ्नो नक्शामा समावेश गरेको सार्वजनिक भएपछि दुई देशबीच पछिल्लो समय सीमा विवादबारे कूटनीतिक माध्यमबाट सम्पर्क हुँदै आएकामा आज प्रधानमन्त्री तहमा संवाद भएको हो । प्रधानमन्त्री ओलीले आज बिहान १०ः३० ले टेलिफोन संवाद गर्नुभएको उहाँका प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो ।
उहाँहरूले आपसमा नयाँ वर्ष २०२० को शुभकामना आदानप्रदान गर्नुभएको र त्यस क्रममा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिप्रति राख्नुभएको चासो र शुभेच्छाका लागि भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
टेलिफोन संवादका क्रममा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु-याउन सन् २०१९ सफल रहेको र बाँकी समस्या पनि समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पु-याउन सन् २०२० सफल रहने पनि उहाँहरूले विश्वास व्यक्त गर्नुभएको थापाले जानकारी दिनुभयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि पुनःआग्रह गर्नुभएको थियो । रासस
News Desk 0 response बुधबार, पुस १६, २०७६


सम्बन्धित शीर्षकहरु

व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई सञ्चित नाफामा गणना गर्नसक्ने
बुधबार, मंसिर १३, २०८०-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
केपी ओली कप टी २० क्रिकेट प्रतियोगिता..
बिहिबार, मंसिर ७, २०८० -
सर्वोच्चमै सात न्यायाधीश रिक्त, साढे दुई वर्षदेखि..
मङ्लबार, मंसिर ५, २०८० -
७१ सहसचिवको सरुवा (सूचीसहित)
सोमवार, मंसिर ११, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा
सोमवार, मंसिर ११, २०८०