

-
विराटनगर । माइती नेपाल मोरङले सन् २०१९ को अवधिमा ९५ बालिका तथा महिलालाई भारतीय सीमाक्षेत्रबाट बेचबिखन हुनबाट जोगाएको छ । ‘हामो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त’ नारासहित मोरङ शाखाले ती बालबालिकालाई विराटनगरको सीमावर्ती क्षेत्र रानी तथा भारतीय बजारको रेल स्टेशन र बसपार्कबाट उद्धार गरेको मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
अठार वर्षमुनिका २१ र माथिका ७४ जनालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय रेल्वे प्रहरी, भारतीय प्रहरी र माइती नेपालका कर्मचारीको सहयोगमा उद्धार गरिएको माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । यस क्षेत्रबाट उद्धार गरिएकामध्ये भारतसहित नेपालका १८ जिल्लाका बालिका र महिला रहेका छन् ।
यसरी उद्धार गरिएकामध्ये मोरङ, सुनसरी, झापा, उदयपुर, खोटाङ र धनकुटाका अधिकांश महिला रहेको पोखरेलले बताउनुभयो । यस्तै सो अवधिमा घरेलु हिंसाबाट पीडित १६, करणी भएका तीन, दुईलाई अदालतमा मुद्दा दर्ता, हराएका छ महिला फेला पार्नुका साथै ९५ जनालाई पुनःस्थापना केन्द्रमा राखिएको थियो ।
अप्ठ्यारो गरी हिँड्ने, सिन्दुरपोते लगाइ हिँडने, बोल्दा अकमकाउने, एक्लै हिँड्ने आदिबाट जोखिममा परेका महिला हुनसक्ने भनेर पहिचान गर्न सीमाक्षेत्रमा निगरानी गरिरहेका विगतका पीडित नै माइती नेपालको कर्मचारीलाई सहज भएको संयोजक पोखरेलले भनाइ थियो ।
माइती नेपालले भारतीय बसपार्क र रेल्वे स्टेशनमा सिटमा बसेको अवस्थामा पनि भारतीय प्रहरीको सहयोगमा नेपाली महिलालाई बेचिनबाट जोगाएको छ । नेपाली महिला बेचिएको भारतको कोलकाता, मुम्बई र दिल्लीमा समेत भारतीय प्रहरीको सहयोगमा धेरै महिलालाई उद्धार गरेको उहाँले जानकारी दिनुभयो ।
उद्धार गरिएका महिलालाई विराटनगरस्थित केन्द्रमा राखी घरपरिवारलाई जिम्मा लगाउने अथवा घर नजाने महिलालाई सुनसरीको इटहरीमा रहेको पुनःस्थापना केन्द्रमा आयआर्जनका लागि सीपमूलक तालीम प्रदान गर्ने गरेको छ । विसं २०५६ मा स्थापना भएको माइती नेपालको मोरङ शाखाले तीन हजारलाई सीपमूलक तालीम दिनुका साथै सरकारी, निजी क्षेत्र र प्रहरी सेवामा समेत रोजगारी उपलब्ध गराएको संयोजक पोखरेलले बताउनुभयो । हाल मोरङमा माइती नेपाललगायत एबिसी नेपाल, साना हात, आफन्त नेपाल र विश्व विस्तार सीमाक्षेत्रमा चेलीबेटी रोकथाममा क्रियाशील रहेका छन् । रासस
News Desk 0 response बुधबार, पुस १६, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


