

-
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको कार्यालयले किसानले आफ्नो उखु बिक्री गरेबापत रकम भुक्तानी नपाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस संसदीय दलले आज विज्ञप्तिमार्फत चिनी उद्योगबाट लामो सयमसम्म रकम भुक्तानी नपाउँदा गरीब किसान र श्रमिक मर्कामा परेका भन्दै सो विषयप्रति सरकार एवं सम्बन्धित सबै पक्ष गम्भीर हुनु जरुरी रहेको उल्लेख गरेको छ ।
समयमै रकम भुक्तानी नपाउँदा किसानमाथि अन्याय भएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । “उखु बिक्रीबापत पुराना तथा नयाँ भुक्तानी उपलब्ध गराउने विषयमा पटक–पटक सरकारी निकायको रोहबरमा किसान र उद्योगीबीच सहमति भए पनि हालसम्म कार्यान्वयन नहुनु अत्यन्त दुःखद पक्ष हो । उखु किसानले आफ्नो उत्पादन बिक्रीको भुक्तानीका लागि काठमाडौँसम्म आएर आन्दोलन गर्नुपर्ने बाध्यता सिर्जना भएको छ”, विज्ञप्तिमा उल्लेख छ । आन्दोलनरत किसानका मागलाई तत्काल सम्बोधनका लागि सरकारले विशेष पहल गर्न तथा आवश्यक प्रक्रिया अगाडि बढाउन संसदीय दलले माग गरेको छ । रासस
News Desk 0 response मङ्लबार, पुस १५, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


