

-
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको कार्यालयले किसानले आफ्नो उखु बिक्री गरेबापत रकम भुक्तानी नपाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस संसदीय दलले आज विज्ञप्तिमार्फत चिनी उद्योगबाट लामो सयमसम्म रकम भुक्तानी नपाउँदा गरीब किसान र श्रमिक मर्कामा परेका भन्दै सो विषयप्रति सरकार एवं सम्बन्धित सबै पक्ष गम्भीर हुनु जरुरी रहेको उल्लेख गरेको छ ।
समयमै रकम भुक्तानी नपाउँदा किसानमाथि अन्याय भएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । “उखु बिक्रीबापत पुराना तथा नयाँ भुक्तानी उपलब्ध गराउने विषयमा पटक–पटक सरकारी निकायको रोहबरमा किसान र उद्योगीबीच सहमति भए पनि हालसम्म कार्यान्वयन नहुनु अत्यन्त दुःखद पक्ष हो । उखु किसानले आफ्नो उत्पादन बिक्रीको भुक्तानीका लागि काठमाडौँसम्म आएर आन्दोलन गर्नुपर्ने बाध्यता सिर्जना भएको छ”, विज्ञप्तिमा उल्लेख छ । आन्दोलनरत किसानका मागलाई तत्काल सम्बोधनका लागि सरकारले विशेष पहल गर्न तथा आवश्यक प्रक्रिया अगाडि बढाउन संसदीय दलले माग गरेको छ । रासस
News Desk 0 response मङ्लबार, पुस १५, २०७६


सम्बन्धित शीर्षकहरु
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
गोरखाका नेवारले यसरी मनाए मकै सुकाउने पर्व
मङ्लबार, मंसिर १२, २०८० -
सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा..
शनिबार, मंसिर १६, २०८०