

-
ललितपुर । काठमाडौँ उपत्यकाको फोहर विसर्जनस्थल सिसडोलमा फोहरका कारण स्थानीयवासीको स्वास्थ्य र यहाँको वातावरणमा नकारात्मक असर नदेखिएको पाइएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले यस क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कनको अध्ययन र अनुसन्धान गरी सो क्षेत्रमा खासै समस्या नरहेको प्रतिवेदन आज सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिकाले नास्टलाई दिएको जिम्मेवारीअनुसार नास्टले गत असोजदेखि दुई महिना लगाई सिसडोल क्षेत्रमा अध्ययन गरिएको प्रतिष्ठानले जनाएको छ ।
यहाँ बग्ने पानी र भूमिगत सतह, गन्धमापन, ग्यास, धुलोको कण, फोहरको लेदो लिचेत, आँखाले देखिने वा नदेखिने वस्तु, चराचुरुङ्गी, माछा, जनावर आदिको अध्ययन गरी यस क्षेत्रमा खासै समस्या नरहेको तथ्याङ्क सार्वजनिक गरेको हो ।
प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक डा भोजराज पन्तले आफ्नो कार्यालयमा रहेको गन्धमापन यन्त्र(अल्फ्याक्टोमिटर) ले गरेको अध्ययनले सिसडोलमा रहेको फोहरका कारण उत्पन्न हुने ग्यासले स्थानीयमा खासै असर नगर्ने बताउनुभयो ।
पन्तले भन्नुभयो, “सिसडोल फोहर विसर्जनस्थल नजिकैका मुख्य प्रभावित क्षेत्रमा खिल्बुचे, टिलकोरिया, तल्लो सिउडिनी, सिम्खडागाउँ, मगतेटोल–एक–दुई, पञ्चमुरीटोल, कोल्पुखोला–एक–दुई र सोवतीबालुवा र केही प्रभावित क्षेत्रमा भण्डारथुम्का, ढोकाभञ्ज्याङ, पाठकगाउँ, डि–गाउँ, क्षते–ए र –बि, शिवालय मावि सिउडिनी, तत्लोसिउडिनी–एक–दुई, कागतीगाउँ हुन अनि कम प्रभावित क्षेत्रमा कजुञ्जेगाउँ, स्वानागाउँ, हेल्थपोष्ट कागतीगाउँ, सिउडिनी ट्याङ्कीडाँडा रहे तापनि यहाँ खासै वातावरणीय प्रभाव परेको देखिएन ।” नास्टले सिसडोलको २४ स्थानबाट गन्धमापन गरेको कार्यक्रममा बताइएको छ ।
नास्टले सिसडोल क्षेत्रमा मिथेन र कार्बडाअक्साइडको मात्रा पाउन नसकेको पन्तले जानकारी दिनुभयो । सो क्षेत्रमा रहेको धुलोको कण मापदण्डभित्र नै रहेको नास्टले पाएको छ । सिसडोल फोहर व्यवस्थापन गर्नेस्थल थप चुस्त र दुरुस्त हुनुपर्ने, उपत्यकाबाट फोहर लैजाने क्रममा छोेपेर लानुपर्ने, पुनःप्रयोग गर्न मिल्ने फोहरलाई छुट्याउनुपर्ने, सिसडोल फोहर लाँदा खर्च हुने रकम र जनशक्तिको जोहो गर्नुपर्ने, सिसडोल फोहर विसर्जन गर्ने क्षेत्रभित्र मानिस र कुकुर सजिलै जान रोक गर्नुपर्ने, फोहरको लेदो लिचेतलाई फ्याँक्नुभन्दा अघि जाँचेर मात्र फाल्दा जलचरलगायत माटोमा प्रभाव नपर्ने नास्टले सुझाव दिएको छ ।
धुनीबेंसी नगरपालिका प्रमुख बालकृष्ण आचार्यले कामपाका प्रमुखले आफ्नो नगरपालिकाको मात्र फोहर व्यवस्थापनमा ध्यान दिएर अरु नगरपालिकाबाट उठ्ने फोहरमा आफूले वास्ता नगर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “सुहाना, चिउडेनीलगायतका क्षेत्रमा पनि चिल र गिद्धले दुःख दिएका, सो क्षेत्रमा रहेको एक हजार ७८१ रोपनी जमिन कति फोहर विसर्जन गर्न प्रयोग भएको र कति प्रयोग नभएको, बाली लगाउँदा बोट अग्लो हुने तर दाना नलाग्ने, सिसडोलको पानी खाँदा गाईगोरु मर्ने, स्थानीय मानिसले सो क्षेत्रमा बग्ने पानीले हातगोडा धुँदा लुतो र खटेर आउने, मिर्गौला र अर्बुदका बिरामीको सङ्ख्या दिनानुदिन बढिरहेको छ ।” नास्टले कहिले गएर सो अध्ययन ग-र्याे आफूहरु बेखबर रहेको जानकारी दिनुभयो ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्ले धुनबेंसी र ककनीसहित सबै नगरपालिका प्रमुख मिलेर सो क्षेत्रका बारेमा विशेष छलफल गर्र्ने विश्वास दिलाउनुभयो । सिसडोल बञ्चेरेडाँडो सरोकार समितिका अध्यक्ष विश्वास डिसीले ककनी–१ मा गन्ध आएन, यस क्षेत्रको पानीमा न्यून प्रभाव रहेको छ भन्ने कुरा एकदमै गलत रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक घण्टाको आधारमा प्रतिवेदन तयार गरी सार्वजनिक गरेमा त्यहाँको वास्तविकता भेटिने थियो ।”
यसैगरी सिसडोलका स्थानीयवासी श्रीराम ढुङ्गानाले किमो थेरापीमा प्रयोग हुने झोल, सल्फर एसिड, तेजाब, मिती नाघेके औषधि, मरेका जनावर, बढी भएको खानेकुरा, उद्योगबाट निस्कने फोहरमैला आदिले सिसडोलमा निकै वातावरण प्रभाव पारिरहेको बताउनुभयो । नास्टका सचिव महेशकुमार अधिकारीले नास्ट र कामपा मिली समयसमयमा थप योजना बनाएर अघि बढ्ने विश्वास दिलाउनुभयो । रासस
News Desk 0 response मङ्लबार, पुस १५, २०७६

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



