

-
भीमदत्तनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा सत्तारूढ दलकै व्यक्ति सभामुख पदमा आउने बताउनुभएको छ । कञ्चनपुरको भीमदत्तनगरमा आज बिहान प्रेस सङ्गठन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अन्य दललाई उक्त पद नदिने सङ्केत गर्नुभयो ।
“सत्तापक्षमै सभामुख हुने व्यक्ति छँदैछन्”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “सत्तापक्षका उच्चस्तरका नेताबीच सम्भवतः यो पदका विषयमा सहमति भइसकेको छ ।” उहाँले सभामुखको विषय चाँडै टुङ्गो लाग्ने जानकारीसमेत दिनुभयो ।
सरकारले सम्भावनाहरुको खोजी गर्दै प्रगतितर्फ मुलुकलाई डो-याउँदै लगिरहेको बताउँदै उहाँले ठूला विकास निर्माणका परियोजनामा भइरहेका ढिलासुस्ती पनि हट्दै गएको जिकिर गर्नुभयो । “समृद्धि राष्ट्रिय एजेण्डा हो”, उहाँले भन्नुभयो, “हामी नयाँ युगमा प्रवेश गरिसकेपछि नवनिर्माण र पुनःनिर्माण अभियानमा जुटेका छौँ ।”
उहाँले सुदूरपश्चिममा प्रदेशस्तरको अस्पताललाई स्तरोन्नति गर्ने, मध्यपहाडी लोकमार्ग शुरुआत र दार्चुलाको ब्याससम्म मोटरेबल सडक निर्माणलगायतका काममा सरकारले बजेट विनियोजन गरेर अघि बढेको जानकारी दिनुभयो ।
त्यसैगरी स्थानीय, प्रदेश र सङ्घीय गरी तीन वटै सरकार कानून निर्माणमा जुटिरहेको बताउँदै मन्त्री बाँस्कोटाले मुलभूतरूपमा संसद्मा दर्ता र विभिन्न समितिमा गरी ४५÷४६ पेश भएका कानूनलाई अन्तिम रूप दिइने बताउनुभयो ।
त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण सरकारले त्यसै नछाड्ने मन्त्री बाँस्कोटाले बताउनुभयो । विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै उहाँले घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याएर छाड्ने जानकारी दिनुभयो । रासस
News Desk 0 response मङ्लबार, पुस १५, २०७६


सम्बन्धित शीर्षकहरु
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
गोरखाका नेवारले यसरी मनाए मकै सुकाउने पर्व
मङ्लबार, मंसिर १२, २०८० -
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने..
शुक्रबार, मंसिर १५, २०८०