

-
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयलाई प्राज्ञिक उन्नयन र अनुसन्धान गर्ने थलोका रुपमा विकसित गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल प्राध्यापक सङ्घद्वारा आज यहाँ आयोजित प्रमाणपत्र वितरण तथा कार्यभार हस्तान्तरण समारोहमा उहाँले विश्वविद्यालयलाई राजनीतिक महत्वकाङ्क्षा पूरा गर्ने थलो बनाउन हुँदैन ।
मन्त्री पोखरेलले उच्च शिक्षा विधेयक, प्राविधिक तथा व्यावसायिक शिक्षा विधेयक सैद्धान्तिक सहमतिको लागि मन्त्रिपरिषद्मा गएको जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले आगामी दिनमा विश्वविद्यालयलाई ज्ञान तथा अनुसन्धनात्मक थलोका रुपमा विकास गर्न सबै मिलेर लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
गत कात्तिक ३० गते सङ्घको निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनबाट अध्यक्षमा प्रा डा बुद्धबहादुर थापा क्षेत्री, उपाध्यक्ष डा रमेशकुमार जोशी, महासचिव नरेन्द्रप्रसाद शिवाकोटी, सचिव वैकुण्ठप्रसाद खनाल र कोषाध्यक्षमा देवराज अवस्थी निर्वाचित हुनुभएको थियो ।
त्यसैगरी सदस्यमा डा उदयकिशोर तिवारी, गणेश पाण्डेय, डिल्लीप्रसाद पाण्डेय, तोरणदीप धिताल, नेत्रप्रसाद न्यौपाने, भूमा शर्मा पाण्डे, भोजराज शर्मा, राजकुमार सुवेदी, शेरबाहदुर गुरुङ, पर्शुराम कोइराला, प्रा डा जगतबहादुर सिंह, प्रा डा राजनारायण यादवलगायत सदस्यमा निर्वाचित हुनुभएको थियो । रासस
News Desk 0 response आइतवार, पुस १३, २०७६


सम्बन्धित शीर्षकहरु
-
तिब्बतमा प्रधामन्त्री प्रचण्ड र सिपिसीका सचिव वाङबीच..
बुधबार, अशोज १०, २०८० -
सगरमाथासहितका १० हिमालबाट १०८ टन फोहर सङ्कलन
बुधबार, अशोज १०, २०८० -
नेपाल भारतसँग पेनाल्टी शुटआउटमा पराजित
बुधबार, अशोज १०, २०८० -
सुन आयातको कोटा बढ्याे, दैनिक २० किलो..
बुधबार, अशोज १०, २०८० -
सुन आयातको कोटा बढ्याे, दैनिक २० किलो..
बुधबार, अशोज १०, २०८०
-
तिब्बतमा प्रधामन्त्री प्रचण्ड र सिपिसीका सचिव वाङबीच..
बुधबार, अशोज १०, २०८० -
सगरमाथासहितका १० हिमालबाट १०८ टन फोहर सङ्कलन
बुधबार, अशोज १०, २०८० -
नेपाल भारतसँग पेनाल्टी शुटआउटमा पराजित
बुधबार, अशोज १०, २०८० -
सुन आयातको कोटा बढ्याे, दैनिक २० किलो..
बुधबार, अशोज १०, २०८० -
सुन आयातको कोटा बढ्याे, दैनिक २० किलो..
बुधबार, अशोज १०, २०८०
-
१५ लाखभन्दा बढीको नक्कली नोटसहित दुई जना..
शुक्रबार, अशोज ५, २०८० -
काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाख..
सोमवार, अशोज ८, २०८० -
चितवनमा अवैधरूपमा ल्याइएको दुई हजार किलो माछा..
सोमवार, अशोज १, २०८० -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, अशोज ६, २०८० -
पर्यटकको आकर्षक गन्तव्य बन्दै भोजपुरको महभिर झरना
मङ्लबार, अशोज २, २०८०