

-
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा मागेर गुजारा चलाउनेका लागि बस्न नपाइने सन्देश दिन सचेतनामूलक अभियान शुरु गरेको छ ।
कामपाले आज नेपाल प्रहरी, मानवसेवा आश्रमसहित सरोकारवालाको साथ लिएर अभियान थालेका हो । कार्यक्रमको पहिलो दिन नयाँ सडकस्थित सङ्कटा मन्दिर, महाङ्काल मन्दिर, भद्रकाली मन्दिरलगायत आसपास क्षेत्रमा माग्न बसेकालाई भेटेर यसरी मागेर नबस्न आग्रह गरेको हो । “सडकमा बसेकामध्ये वास्तविक बेसहारा, अभिभावकविहीन र सडक आश्रित मानिसको पहिचान गर्न सहज होस् भन्नका लागि सात दिने सचेतनामूलक कार्यक्रम चलाएका हौँ”, अभियानका क्रममा महानगरको सहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवरले बताउनुभयो ।
ती सार्वजनिकस्थलमा दृष्टिविहीनहरु, बिरामीको उपचारका लागि सहयोग माग्ने, महिलासँगै बालबालिका, अपाङ्गता भएका व्यक्ति माग्न बसेका भेटिए । अभियानका क्रममा शहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठ, शहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवर, प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेल, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी सहभागी हुनुहुन्थ्यो ।
कामपाले गत मङ्सिर २९ गतेदेखि बेसहारा मानव मुक्त शहर बनाउनका लागि सक्रिय रुपमा लागि परेको छ । सडकमा नै मागेर आफ्नो जीनव बिताउनेलाई उद्धार कार्य पनि कामपाले शुरु गरेको छ । मानवसेवा आश्रमका अध्यक्ष अधिकारीले यसरी सडकमा जीवन बिताउनेमध्ये सबैभन्दा बढी कालीमाटी, ढल्कु, नयाँबजार, इन्द्रचोक, बौद्ध, पशुपति, चाबहिलचोकगायत स्थानमा छन् । सडकमा बस्नेहरू ४० भन्दा बढी जिल्लाका रहेका भए पनि बढी मात्रामा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, गोरखा र चितवनको बढी रहेको आश्रमले जनाएको छ । उद्धार गरिएकामा बढी पुरुष छन् । ती १६ वर्षदेखि ४० वर्ष उमेर समूहका छन् ।
मङ्सिर २९ गतेदेखि हरेक राति ८ देखि ११ बजेसम्म उद्धारको काम गर्नका लागि कामपा, प्रहरी, मानव सेवा आश्रमका प्रतिनिधिसहित ५० जनाको टोली खटिने गरेको छ । कार्यक्रम सञ्चालन गरिएको तीन महिनामा ३२ वटै वडामा बेसहारा भई आफ्नो जीवन बिताइरहेकाको उद्धार गर्ने लक्ष्य कामपाको छ ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले व्यक्तिको बस्न र बाँच्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्दै उद्धार शुरु गरिएको बताउनुभयो । उहाँले व्यक्तिको उद्धारपूर्वको अवस्थालाई तस्बीर र भिडियोसहित कागजातमा व्यवस्थित अभिलेख बनाउन पनि समितिलगायत निकायलाई निर्देशन दिनुभयो । रासस
News Desk 0 response शनिबार, पुस १२, २०७६


सम्बन्धित शीर्षकहरु
-
मध्यरातमा त्रिभुवन विमानस्थलबाट १४ किलो अवैध सुन..
शुक्रबार, मंसिर २२, २०८० -
नेपाली सेनामा प्राविधिक अधिकृत पदमा आवेदन खुल्यो
शुक्रबार, मंसिर २२, २०८० -
बाला चतुर्दशीमा पशुपति मन्दिर परिसरमा जथाभाबी शतबीज..
शुक्रबार, मंसिर २२, २०८० -
एसीसी १९ वर्षमुनिको एसिया कप आजदेखि युएईमा,..
शुक्रबार, मंसिर २२, २०८० -
निर्वाचन आयोगद्वारा राष्ट्रियसभा चुनावका लागि दल दर्ताको..
शुक्रबार, मंसिर २२, २०८०
-
मध्यरातमा त्रिभुवन विमानस्थलबाट १४ किलो अवैध सुन..
शुक्रबार, मंसिर २२, २०८० -
नेपाली सेनामा प्राविधिक अधिकृत पदमा आवेदन खुल्यो
शुक्रबार, मंसिर २२, २०८० -
बाला चतुर्दशीमा पशुपति मन्दिर परिसरमा जथाभाबी शतबीज..
शुक्रबार, मंसिर २२, २०८० -
एसीसी १९ वर्षमुनिको एसिया कप आजदेखि युएईमा,..
शुक्रबार, मंसिर २२, २०८० -
निर्वाचन आयोगद्वारा राष्ट्रियसभा चुनावका लागि दल दर्ताको..
शुक्रबार, मंसिर २२, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा..
शनिबार, मंसिर १६, २०८० -
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने..
शुक्रबार, मंसिर १५, २०८०