

-
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा मागेर गुजारा चलाउनेका लागि बस्न नपाइने सन्देश दिन सचेतनामूलक अभियान शुरु गरेको छ ।
कामपाले आज नेपाल प्रहरी, मानवसेवा आश्रमसहित सरोकारवालाको साथ लिएर अभियान थालेका हो । कार्यक्रमको पहिलो दिन नयाँ सडकस्थित सङ्कटा मन्दिर, महाङ्काल मन्दिर, भद्रकाली मन्दिरलगायत आसपास क्षेत्रमा माग्न बसेकालाई भेटेर यसरी मागेर नबस्न आग्रह गरेको हो । “सडकमा बसेकामध्ये वास्तविक बेसहारा, अभिभावकविहीन र सडक आश्रित मानिसको पहिचान गर्न सहज होस् भन्नका लागि सात दिने सचेतनामूलक कार्यक्रम चलाएका हौँ”, अभियानका क्रममा महानगरको सहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवरले बताउनुभयो ।
ती सार्वजनिकस्थलमा दृष्टिविहीनहरु, बिरामीको उपचारका लागि सहयोग माग्ने, महिलासँगै बालबालिका, अपाङ्गता भएका व्यक्ति माग्न बसेका भेटिए । अभियानका क्रममा शहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठ, शहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवर, प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेल, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी सहभागी हुनुहुन्थ्यो ।
कामपाले गत मङ्सिर २९ गतेदेखि बेसहारा मानव मुक्त शहर बनाउनका लागि सक्रिय रुपमा लागि परेको छ । सडकमा नै मागेर आफ्नो जीनव बिताउनेलाई उद्धार कार्य पनि कामपाले शुरु गरेको छ । मानवसेवा आश्रमका अध्यक्ष अधिकारीले यसरी सडकमा जीवन बिताउनेमध्ये सबैभन्दा बढी कालीमाटी, ढल्कु, नयाँबजार, इन्द्रचोक, बौद्ध, पशुपति, चाबहिलचोकगायत स्थानमा छन् । सडकमा बस्नेहरू ४० भन्दा बढी जिल्लाका रहेका भए पनि बढी मात्रामा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, गोरखा र चितवनको बढी रहेको आश्रमले जनाएको छ । उद्धार गरिएकामा बढी पुरुष छन् । ती १६ वर्षदेखि ४० वर्ष उमेर समूहका छन् ।
मङ्सिर २९ गतेदेखि हरेक राति ८ देखि ११ बजेसम्म उद्धारको काम गर्नका लागि कामपा, प्रहरी, मानव सेवा आश्रमका प्रतिनिधिसहित ५० जनाको टोली खटिने गरेको छ । कार्यक्रम सञ्चालन गरिएको तीन महिनामा ३२ वटै वडामा बेसहारा भई आफ्नो जीवन बिताइरहेकाको उद्धार गर्ने लक्ष्य कामपाको छ ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले व्यक्तिको बस्न र बाँच्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्दै उद्धार शुरु गरिएको बताउनुभयो । उहाँले व्यक्तिको उद्धारपूर्वको अवस्थालाई तस्बीर र भिडियोसहित कागजातमा व्यवस्थित अभिलेख बनाउन पनि समितिलगायत निकायलाई निर्देशन दिनुभयो । रासस
News Desk 0 response शनिबार, पुस १२, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


