

-
रुपन्देही । प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशको स्वास्थ्य अवस्थामा व्यापक सुधार गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ ।
गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्वारा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको वार्षिकोत्सव तथा ७ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले भन्नुभयो, “स्वास्थ्यसेवा गुणस्तर हुन नसक्दा यहाँका आम नागरिक सानो उपचारका लागि पनि काठमाडाैं र देश बाहिर जाने क्रम बढिरहेकाले यसको न्यूनीकरणका लागि गुणस्तरीय स्वास्थ्य सेवामा जोड दिनुपर्छ ।”
मुख्यमन्त्री पोखरेलले राष्ट्रिय गौरवको रूपमा लिएको लुम्बिनी प्रादेशिक अस्पतालको विकासका लागि सटर भत्काउने काममा यस क्षेत्रका सङ्घसंस्था र व्यवसायीले सहयोग गर्नुपर्नेमा उल्टै अवरोध गरेकोप्रति गुनासो गर्नुभयो ।
“लुम्बिनी प्रादेशिक अस्पताल देख्दा विरक्त लाग्छ, अस्पतालको संरचना र व्यवस्थापन हेर्दा शुक्रबारे, बुधबारे हाटबजार जस्तो अव्यवस्थित रुपमा स्वास्थ्यको हाट बजार भएको जस्तो देखिन्छ”, उहाँले भन्नुभयो, “अस्पताल सुधारका लागि प्रदेश सरकारले योजना ल्याउँदा केही व्यक्तिको स्वार्थमा सङ्घसंस्था र व्यवसायीलाई बोकेर जिल्ला अदालत पुगेकोमा दुःख लागेको छ ।”
मुख्यमन्त्री पोखरेलले भाषणमा समृद्धिको नारा लगाउने तर विकासको काममा अवरोध गर्ने परिपाटीले समस्या निम्त्याएको बताउँदै अस्पतालभित्रको स्वास्थ्य सेवा के कसरी चलेको छ, सबैले प्रत्यक्ष देख्न पाउने गरी हुनुपर्छ । भित्र कोठामा बसेर निजी क्लिनिकमा बिरामी पठाउने काम अब बन्द गरिनुपर्छ भन्नुभयो ।
प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ र विष्णु पन्थी, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, रुपन्देही उद्योग सङ्घका अध्यक्ष बाबुराम बोहोरा, व्यापार सङ्घका अध्यक्ष यमलाल लोहनीलगायतले स्वास्थ्य उपचारका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष एजाज आलमले अस्पतालले नाफा कमाउने नभइ सेवाको भावना राखेर सेवा प्रदान गरिरहेको बताउनुभयो । रासस
News Desk 0 response बिहिबार, पुस १०, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


