

-
रुपन्देही । प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशको स्वास्थ्य अवस्थामा व्यापक सुधार गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ ।
गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्वारा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको वार्षिकोत्सव तथा ७ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले भन्नुभयो, “स्वास्थ्यसेवा गुणस्तर हुन नसक्दा यहाँका आम नागरिक सानो उपचारका लागि पनि काठमाडाैं र देश बाहिर जाने क्रम बढिरहेकाले यसको न्यूनीकरणका लागि गुणस्तरीय स्वास्थ्य सेवामा जोड दिनुपर्छ ।”
मुख्यमन्त्री पोखरेलले राष्ट्रिय गौरवको रूपमा लिएको लुम्बिनी प्रादेशिक अस्पतालको विकासका लागि सटर भत्काउने काममा यस क्षेत्रका सङ्घसंस्था र व्यवसायीले सहयोग गर्नुपर्नेमा उल्टै अवरोध गरेकोप्रति गुनासो गर्नुभयो ।
“लुम्बिनी प्रादेशिक अस्पताल देख्दा विरक्त लाग्छ, अस्पतालको संरचना र व्यवस्थापन हेर्दा शुक्रबारे, बुधबारे हाटबजार जस्तो अव्यवस्थित रुपमा स्वास्थ्यको हाट बजार भएको जस्तो देखिन्छ”, उहाँले भन्नुभयो, “अस्पताल सुधारका लागि प्रदेश सरकारले योजना ल्याउँदा केही व्यक्तिको स्वार्थमा सङ्घसंस्था र व्यवसायीलाई बोकेर जिल्ला अदालत पुगेकोमा दुःख लागेको छ ।”
मुख्यमन्त्री पोखरेलले भाषणमा समृद्धिको नारा लगाउने तर विकासको काममा अवरोध गर्ने परिपाटीले समस्या निम्त्याएको बताउँदै अस्पतालभित्रको स्वास्थ्य सेवा के कसरी चलेको छ, सबैले प्रत्यक्ष देख्न पाउने गरी हुनुपर्छ । भित्र कोठामा बसेर निजी क्लिनिकमा बिरामी पठाउने काम अब बन्द गरिनुपर्छ भन्नुभयो ।
प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ र विष्णु पन्थी, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, रुपन्देही उद्योग सङ्घका अध्यक्ष बाबुराम बोहोरा, व्यापार सङ्घका अध्यक्ष यमलाल लोहनीलगायतले स्वास्थ्य उपचारका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष एजाज आलमले अस्पतालले नाफा कमाउने नभइ सेवाको भावना राखेर सेवा प्रदान गरिरहेको बताउनुभयो । रासस
News Desk 0 response बिहिबार, पुस १०, २०७६


सम्बन्धित शीर्षकहरु
-
सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु
बिहिबार, अशोज ४, २०८० -
यू–१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित
बिहिबार, अशोज ४, २०८० -
एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६७ प्रतिशतको..
बिहिबार, अशोज ४, २०८० -
विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नहोस् :..
बिहिबार, अशोज ४, २०८० -
शिक्षकहरूको आन्दोलनप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण
बिहिबार, अशोज ४, २०८०
-
सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु
बिहिबार, अशोज ४, २०८० -
एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६७ प्रतिशतको..
बिहिबार, अशोज ४, २०८० -
विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नहोस् :..
बिहिबार, अशोज ४, २०८० -
शिक्षकहरूको आन्दोलनप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण
बिहिबार, अशोज ४, २०८० -
प्राधिकरणले भारतलाई २ महिनामा ५ अर्ब ४३..
बिहिबार, अशोज ४, २०८०
-
सत्तामा बसेर साडे डुक्राइ गर्नेलाई पूर्वसचिवको १०..
बुधबार, भदौ २७, २०८० -
यी हुन् अर्थमन्त्रालयका सरुवामा परेका ५५ अधिकृत,अधिकांश..
बुधबार, भदौ २७, २०८० -
उपत्यकाकै सरकारी स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
बिहिबार, भदौ २८, २०८० -
राजकीय सम्मानका साथ दुई छोराले दिए नेम्वाङलाई..
बिहिबार, भदौ २८, २०८० -
तीनकुने सामूहिक हत्या प्रकरण : दीपेन्द्र राई..
आइतवार, भदौ ३१, २०८०