

-
काठमाडौँ । शाखा अधिकृतभन्दा माथिका करिब सात सय कर्मचारीको दरबन्दी रिक्त रहेको छ । दरबन्दी रिक्त हुँदा सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव देखिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले प्रशासन सेवाका सहसचिवदेखि शाखा अधिकृतसम्म करिब ७०० कर्मचारी दरबन्दीअनुसार नभएको बताउनुभयो ।
उहाँले दरबन्दीअनुसार कर्मचारी नहुँदा काम प्रभावित भएका छन् । उहाँका अनुसार सहसचिव १००, उपसचिव २०० र शाखा अधिकृत ४०० पद रिक्त छन् । सचिव रिक्त हुँदा भने मन्त्रिपरिषद्ले रिक्त भएको १५ दिनभित्र नियुक्त गर्ने गर्दछ । तर सो पद भने लोक सेवा आयोगबाट मात्र नियुक्त भएर आउने भएकाले नियुक्तिमा ढिलाइ हुने भएको हो । उक्त पदका दरबन्दी खाली भएपछि स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत निमित्तको भरमा सञ्चालन भएका छन् । प्रवक्ता बरालका अनुसार अहिले ११६ नगरपालिका र ६६ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खाली छन् । नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृत प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ ।
गत वर्ष कर्मचारी समायोजनका कारण पद पूर्ति हुन नसकेपछि उक्त पदका दरबन्दीमा कर्मचारी अभाव भएका हुन् । प्रवक्ता बरालले पदपूर्तिका लागि प्रक्रिया लोकसेवा आयोगले अगाडि बढाएको जानकारी गराउनुभयो । आगोले विज्ञापन खोली सो पदमा कर्मचारी पदपूर्तिको प्रक्रियासमेत थालेको छ । “आयोगबाट सिफारिस गर्न अझै दुई/तीन महिना लाग्छ’’, उहाँले भन्नुभयो ,‘‘त्यति बेलासम्म ज्येष्ठताका आधारमा कर्मचारीलाई निमित्तको जिम्मेवारी दिइएको छ ।’’ रासस
News Desk 0 response बिहिबार, पुस १०, २०७६


सम्बन्धित शीर्षकहरु

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, यस बर्ष पाँच लाख १४ हजार ७१ जना सहभागी हुँदै
सोमवार, चैत्र ३, २०८१-
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
सोमवार, चैत्र ३, २०८१ -
गणतन्त्र उल्ट्याउने कुनै पनि प्रयास सफल हुन..
सोमवार, चैत्र ३, २०८१ -
धनुषामा गोली चल्यो, एक जना घाइते
सोमवार, चैत्र ३, २०८१ -
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, यस बर्ष..
सोमवार, चैत्र ३, २०८१ -
अमेरिकाद्वारा भेनेजुएलाका आपराधिक गिरोह सदस्यहरूलाई देश निकाला
सोमवार, चैत्र ३, २०८१
-
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
सोमवार, चैत्र ३, २०८१ -
गणतन्त्र उल्ट्याउने कुनै पनि प्रयास सफल हुन..
सोमवार, चैत्र ३, २०८१ -
धनुषामा गोली चल्यो, एक जना घाइते
सोमवार, चैत्र ३, २०८१ -
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, यस बर्ष..
सोमवार, चैत्र ३, २०८१ -
स्ववियु चुनाव शान्तिपूर्ण रुपमा गराउन शिक्षा मन्त्रालयको..
सोमवार, चैत्र ३, २०८१
-
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
सडकमा फोहोर गरेको र क्षति पुर्याएको भन्दै..
सोमवार, फाल्गुन २६, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१