

-
काठमाडौँ । शाखा अधिकृतभन्दा माथिका करिब सात सय कर्मचारीको दरबन्दी रिक्त रहेको छ । दरबन्दी रिक्त हुँदा सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव देखिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले प्रशासन सेवाका सहसचिवदेखि शाखा अधिकृतसम्म करिब ७०० कर्मचारी दरबन्दीअनुसार नभएको बताउनुभयो ।
उहाँले दरबन्दीअनुसार कर्मचारी नहुँदा काम प्रभावित भएका छन् । उहाँका अनुसार सहसचिव १००, उपसचिव २०० र शाखा अधिकृत ४०० पद रिक्त छन् । सचिव रिक्त हुँदा भने मन्त्रिपरिषद्ले रिक्त भएको १५ दिनभित्र नियुक्त गर्ने गर्दछ । तर सो पद भने लोक सेवा आयोगबाट मात्र नियुक्त भएर आउने भएकाले नियुक्तिमा ढिलाइ हुने भएको हो । उक्त पदका दरबन्दी खाली भएपछि स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत निमित्तको भरमा सञ्चालन भएका छन् । प्रवक्ता बरालका अनुसार अहिले ११६ नगरपालिका र ६६ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खाली छन् । नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृत प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ ।
गत वर्ष कर्मचारी समायोजनका कारण पद पूर्ति हुन नसकेपछि उक्त पदका दरबन्दीमा कर्मचारी अभाव भएका हुन् । प्रवक्ता बरालले पदपूर्तिका लागि प्रक्रिया लोकसेवा आयोगले अगाडि बढाएको जानकारी गराउनुभयो । आगोले विज्ञापन खोली सो पदमा कर्मचारी पदपूर्तिको प्रक्रियासमेत थालेको छ । “आयोगबाट सिफारिस गर्न अझै दुई/तीन महिना लाग्छ’’, उहाँले भन्नुभयो ,‘‘त्यति बेलासम्म ज्येष्ठताका आधारमा कर्मचारीलाई निमित्तको जिम्मेवारी दिइएको छ ।’’ रासस
News Desk 0 response बिहिबार, पुस १०, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


