

-
दमौली । नेपाल सरकार राष्ट्रिय योजना आयोगले तनहुँ जिल्लालाई आर्थिक वर्ष २०७६/७७ का लागि रु १८ करोड ६१ लाख बजेट थप गरेको छ । समपूरक र विशेष अनुदानवापत विभिन्न आठ योजना सञ्चालन गर्ने गरी आयोगले उक्त बजेट थप गरेको हो ।
आयोगले स्थानीय तह र प्रदेश तहबाट कार्यान्वयन हुने गरी विभिन्न योजनालाई बजेट थप गरेको जनाएको छ । जसअनुसार तनहुँ निर्वाचन क्षेत्र नं १ र २ मा चार÷चार आयोजनालाई बजेट थप भएको छ ।
तनहुँ निर्वाचन क्षेत्र नं १ मा स्थानीय तहबाट कार्यान्वयन हुने गरी व्यास नगरपालिका–११ स्थित खड्ककाली मोटरमार्गका लागि रु दुई करोड, भानु नगरपालिकास्थित भानु बहुउद्देश्यीय भवनका लागि रु एक करोड ३३ लाख बजेट विनियोजन गरिएको छ । प्रदेश तहबाट कार्यान्वयन हुने गरी आबुखैरेनी छिम्केश्वरी सडकका लागि रु छ करोड ९८ लाख र शालिग्राम करिडोर (बैडी, घिरिङ, देवघाट खण्ड) का लागि रु पाँच करोड ५२ लाख बजेट विनियोजन गरिएको आयोगले जनाएको छ ।
गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेको शालिग्राम करिडोरको देवघाट खण्डमा हालै मात्र ट्रयाक खुलिसकेको छ । करिडोरको देवघाट गाउँपालिका अन्तर्गत बञ्चरेभिरको पहाड काट्न देवघाट गाउँपालिकाले रु दुई करोड, प्रदेश सरकारले रु दुई करोड र सङ्घीय सांसदले रु ७० लाख बजेट विनियोजन गरेका थिए । देवघाट गाउँपालिका–१ मा करिडोरको सबैभन्दा जटिल भाग रहेको बञ्चरेभिरमा ट्र्याक खुलेसँगै गाउँपालिकाका पर्ने ४० किमी खण्डसडक सञ्जालसँग जोडिएको छ ।
तनहुँ निर्वाचन क्षेत्र नं २ मा स्थानीय तहबाट कार्यान्वयन हुने गरी कृषि, भूमिसुधार तथा वन क्षेत्रअन्तर्गत शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा कृषिउपज सङ्कलन तथा वितरण केन्द्र निर्माणका लागि रु ८३ लाख, पूर्वाधार क्षेत्रअन्तर्गत भिमाद नगरपालिकास्थित भिसी नेत्रबहादुर मोटरमार्गका लागि रु ४० लाख, म्याग्दे गाउँपालिकास्थित बडहरे माछापुछ्रे भैंसीखर्क चार हजार बाँध मोटरमार्गका लागि रु ४० लाख र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रअन्तर्गत घिरिङ गाउँपालिकास्थित वडा कार्यालयको प्रशासनिक भवन निर्माणका लागि रु एक करोड १५ लाख विनियोजन भएको छ । तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठले योजना आयोगले जिल्लाका महत्वपूर्ण योजनालाई बजेट थप गरेकामा खुशी व्यक्त गर्नुभयो । रासस
News Desk 0 response बिहिबार, पुस १०, २०७६


सम्बन्धित शीर्षकहरु

काठमाडौं उपत्यकामा आज बैंक तथा वित्तीय संस्था बन्द नहुने, राहदानी विभाग पनि खुल्ने
मङ्लबार, चैत्र ७, २०७९-
काठमाडौं उपत्यकामा आज बैंक तथा वित्तीय संस्था..
मङ्लबार, चैत्र ७, २०७९ -
उपचुनावका लागि भोलिदेखि नै दल दर्ता गर्न..
मङ्लबार, चैत्र ७, २०७९ -
आज घोडे जात्रा पर्व मनाइँदै : काठमाडौं..
मङ्लबार, चैत्र ७, २०७९ -
रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने
सोमवार, चैत्र ६, २०७९ -
पत्रकारबारे दिएको अभिव्यक्ति सभामुखद्वारा फिर्ता
सोमवार, चैत्र ६, २०७९
-
काठमाडौं उपत्यकामा आज बैंक तथा वित्तीय संस्था..
मङ्लबार, चैत्र ७, २०७९ -
उपचुनावका लागि भोलिदेखि नै दल दर्ता गर्न..
मङ्लबार, चैत्र ७, २०७९ -
आज घोडे जात्रा पर्व मनाइँदै : काठमाडौं..
मङ्लबार, चैत्र ७, २०७९ -
रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने
सोमवार, चैत्र ६, २०७९ -
पत्रकारबारे दिएको अभिव्यक्ति सभामुखद्वारा फिर्ता
सोमवार, चैत्र ६, २०७९
-
स्थानीय सरकारकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने..
मङ्लबार, फाल्गुन ३०, २०७९ -
टर्कीमा भूकम्पले क्षति पुगेका १० वटा अस्पताल..
शनिबार, फाल्गुन २७, २०७९ -
राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकियो, निजी निवासमा..
आइतवार, फाल्गुन २८, २०७९ -
फेरि पनि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छौं :..
आइतवार, फाल्गुन २८, २०७९ -
पीएनजीविरुद्ध नेपालको सहज जित
सोमवार, फाल्गुन २९, २०७९