

-
काठमाडौँ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनका उद्योग, व्यवस्थापन तथा पर्यटनमन्त्री जायद बीन रसिद अल जायनीलाई नेपाल भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गर्नुभएको छ ।
आगामी जनवरी १, २०२० मा नेपालमा आयोजना हुने मिनिष्ट्रियल क्यानलेभ तथा नेपाल भ्रमण वर्ष २०२० को समुद्घाटन कार्यक्रममा सहभागिता हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको तर्फबाट पर्यटन मन्त्री जायनीलाई मंगलबार निमन्त्रणापत्र हस्तान्तरण गर्नुभयो ।
मानमास्थित मन्त्रीको कार्यालयमा भएको भेटका क्रममा राजदूत सुन्दासले उहाँलाई निमन्त्रणा पत्र हस्तान्तरण गर्नु साथै मानमास्थित नेपाली राजदूतावासले जनवरी १३, २०२० मा आयोजना गर्ने नेपाल भ्रमण वर्षको समुद्घाटन कार्यक्रममा समेत प्रमुख अतिथिको रुपमा सहभागिताका लागि आमन्त्रणा गर्नुभयो ।
भेटमा मन्त्री जायनीले दुवै समारोहमा निमन्त्रणा गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै आफू र आफ्नो परिवारको नेपाल भ्रमणमा उत्कट चाहना रहेको जानकारी दिनुभएको राजदूतावासले जनाएको छ ।
उहाँले नेपाल भ्रमण वर्षको अवसरमा बहराइनमा हुने कार्यक्रममा सहभागी हुने जानकारी समेत दिनुभयो । राजदूत सुन्दासले पर्यटन तथा व्यापार प्रवद्र्धन गर्न दुईदेश बीच सिधा हवाई सम्पर्क आवश्यक रहेकोमा जोड दिनुभएको थियो । रासस
News Desk 0 response बुधबार, पुस ९, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


