

-
सर्लाही । सर्लाही जिल्लाका छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा करीब रु दुई लाख ६० हजारभन्दा बढीको धनमाल जलेर क्षति भएको छ ।
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने रामनगर गाउँपालिका–७ सिसौटका रामअज्ञा बैठाको हार्डवेयर पसलमा मङ्गलबार अचानक आगलागी हुँदा करीब रु एक लाख ८० हजार बराबरको सामान जलेर क्षति भएको छ । आगलागीबाट बैठाको पसलमा रहेको रु ८६ हजार नगद, ल्यापटप एक थान, ग्यालेन्डर मेसिन एक थान, पङ्खा तीन थान, पलङ र केही कागजात जलेर नष्ट भएको हो । आगो के कति कारणले लागेको हो त्यो खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
त्यस्तै कौडेना गाउँपालिका–५ निवासी ब्रहम्देव ठाकुरको धानको कुन्यूमा आगलागी हुँदा करीब रु ८० हजार बराबरको क्षति भएको छ । कुन्यूमा कसरी आगलागी भयो भन्ने कुरा खुल्न नसकेको प्रहरीले जनाएको छ ।
News Desk 0 response बुधबार, पुस ९, २०७६
यसैबीच मङ्सिर १९ गते घर जलेर घरबारविहीन बनेका हरिवन नगरपालिका–१ कोठीखोलाका दुर्गाबहादुर घिसिङको घर नगरपालिका र स्थानीय सङ्घसंस्थाको सहयोगबाट निर्माण हुने भएको छ । हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईंले मंलबार घरको शिलान्यास गर्नुभएको छ । विद्युत चुहिएर आगलागी हँुदा घिसिङको घर पूर्णरुपमा जलेर नष्ट भएको थियो । घर जलेपछि उहाँ परिवारसहित सोही वडामा रहेको सन्तानेश्वर प्राथमिक विद्यालयमा बस्दै आउनुभएको छ । नगरपालिकाले रु एक लाख घर बनाउन प्रदान गर्ने जनाएको छ । रासस


सम्बन्धित शीर्षकहरु
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन् :..
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
आइतवार, बैशाख १४, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२