

-
भरतपुर । लामो समयदेखि बिरामी परेकी ३८ वर्षीया हात्ती ‘पूजाकली’को मृत्यु भएको छ । हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोर सौराहामा पालिएको पूजाकलीको आज बिहान असामयिक मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिनुभयो ।
पूजाकलीको एक वर्षअघिदेखि नियमित उपचार गरिँदै आइएको निकुञ्जका वरिष्ठ चिकित्सक डा विजय श्रेष्ठले जानकारी दिनुभयो । “एक वर्षदेखि धेरै रोगको परीक्षण गरेर उपचार गरियो”, उहाँले भन्नुभयो, “लाखौँ खर्च भयो तर रोग पत्ता लागेन ।” पूजाकली पछिल्लो छ महिनादेखि खाना कम खाने र दुब्लाउँदै गएको थियोे ।
पूजाकलीले झण्डै आधा दर्जन छावालाई जन्म दिएकी थिइन् । चिकित्सक श्रेष्ठका अनुसार केन्द्रमा सबैभन्दा धेरै छावा जन्माउने हात्तीमा पूजाकली पनि थिइन् । पूजाकली शव परीक्षणको तयारी भइरहेको छ ।विसं २०३८ मा पूजाकलीलाई कोसीटप्पुबाट चितवन ल्याइएको थियो । चितवन राष्ट्रिय निकुञ्जले संरक्षण गरेका ६३ हात्तीमध्ये अब ६२ हात्ती छन् । ७४ वर्षसम्मको हात्ती चितवन राष्ट्रिय निकुञ्जमा पालिएको छ । हात्तीको औषत आयु ७० देखि ८० वर्षसम्म हुन्छ ।रासस
News Desk 0 response मङ्लबार, पुस ८, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


