
-
काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन उपत्यकाका सम्पदास्थलमा पैदल यात्रासहित सफाइ अभियान चलाइने भएको छ । ‘बेटर नेपाल’ नामक सामाजिक संस्थाको संयोजनमा पुस १२ गते शनिबारदेखि सम्पदा पैदलयात्रा एवं सफाइ अभियान शुरु गर्न लागिएको हो ।
अभियानमा राजनीतिक दलका शीर्ष नेता, पर्यटन व्यवसायी, खेलाडी, कलाकारलगायत अभियानकर्मी सहभागी हुने ‘वेटर नेपाल’ का अध्यक्ष माला खरेलले राससलाई जानकारी दिनुभयो । पुस १२ गते शनिबारदेखि चार हप्तासम्म अर्थात् माघ ४ गतेसम्म यो अभियान चलाइनेछ । पुस १२ गते शनिबार पशुपतिबाट वसन्तपुरसम्म पैदलयात्रासहित सफाइ गरिनेछ ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल, कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलगायत सहभागी हुनुहुनेछ । कीर्तिमानी धावक मानन्धर उपत्यकाका सबै स्थानमा हुने पैदलयात्रामा सहभागी हुनुहुनेछ ।
पुस १९ गते शनिबार माइतीघर मण्डलाबाट स्वयम्भूसम्म सम्पदा यात्रासहित सफाइ गरिनेछ । मण्डलाबाट शुरु हुने पदयात्रासहितको सफाइ कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता एवं सांसद गगनकुमार थापालगायत सहभागी हुनुहुने जनाइएको छ । पुस २६ गते ललितपुर जिल्लाका सम्पदामा पैदलयात्रासहित सफाइ गरिनेछ । यो कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको नेतृत्वमा यात्रासहित सफाइ गरिनेछ ।
माघ ४ गते शनिबार भक्तपुर जिल्लाका सम्पदामा पैदलयात्रासहित सफाइ अभियान चलाइनेछ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसहित अभियानकर्मीको सहभागिता रहने जनाइएको छ । हालसम्म चारवटै सम्पदा पदयात्रा एवं सफाइ अभियानमा सहभागी हुन २५ वटा संस्थाले नाम लेखाएको अध्यक्ष खरेलले बताउनुभयो ।
भ्रमण वर्षको शुरुआतमा सम्पदा क्षेत्रमा सफाइ गरी चिटिक्क देखाउन अभियानकर्मीसहित नागरिकस्तरबाट यो कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा सहभागी हुन स्थानीय तहका जनप्रतिनिधि, पर्यटन व्यवसायी, स्थानीयवासी लगायतलाई सार्वजनिकरुपमा आह्वान गरिएको जनाइएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । यस वर्ष २० लाखभन्दा बढी बाह्य पर्यटक भित्र्याउने लक्ष्य छ । लक्ष्य पूरा गर्न नागरिकस्तरबाट यस्ता अभियान गरिनु आवश्यक रहेको अभियानकर्मीले जनाएका छन् । रासस
News Desk 0 response आइतवार, पुस ६, २०७६


सम्बन्धित शीर्षकहरु

काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९-
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान..
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गामा फेरि मतदान हुने
बिहिबार, जेष्ठ १२, २०७९
-
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गामा फेरि मतदान हुने
बिहिबार, जेष्ठ १२, २०७९ -
मन्त्री आले र ईयू राजदूतबीच भेट, नेपाली..
बिहिबार, जेष्ठ १२, २०७९
-
गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको..
बुधबार, जेष्ठ ४, २०७९ -
माध्यामिक तहको शिक्षकको खुला प्रतिस्पर्धामा ८८ प्रतिशत..
सोमवार, जेष्ठ ९, २०७९ -
दुई दिन बिदा हुँदा पढाईमा समय नपुग्ने
आइतवार, जेष्ठ ८, २०७९ -
प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत
मङ्लबार, जेष्ठ ३, २०७९ -
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन
शुक्रबार, जेष्ठ ६, २०७९