

-
राँझा । नेपाल भ्रमण वर्ष सन् २०२० को प्रदेशस्तरीय कार्यक्रम पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्वाराबाट शुभारम्भ गरिने भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । नयाँ वर्षकै दिनमा प्रदेश सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलबाट भ्रमण वर्ष शुभारम्भ हुने कार्यक्रमले ठाकुरद्वाराका पर्यटन तथा होटल व्यवसायी उत्साहित भएको पर्या–पर्यटन विकास मञ्चका अध्यक्ष मोहनलाल चौधरीले बताउनुभयो ।
उहाँका अनुसार भ्रमण वर्ष शुभारम्भ कार्यक्रमलाई सफल बनाउन स्थानीयस्तरबाट पनि पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्वारामा भव्य तयारी गरिएको छ । भ्रमण वर्ष शुभारम्भ कार्यक्रमले समग्र बर्दियाको पर्यटन व्यवसायलाई फाइदा पुगेको उहाँको भनाइ छ ।
यहाँका पर्यटन तथा होटल व्यवसायी धर्मराज घिमिरेले प्रदेश सरकारले ठाकुरद्वारामा शुभारम्भ गर्न लागेको भ्रमण वर्ष २०२० शुभारम्भ कार्यक्रमले व्यवसायीमा उत्साह थपिएको बताउनुभयो । “भ्रमण वर्ष शुभारम्भ कार्यक्रमसँगै आन्तरिक पर्यटकको चासो बढेको पाइएको छ”, बबई रिसोर्टका प्रबन्ध निर्देशकसमेत रहनुभएका घिमिरेले भन्नुभयो, “नयाँ वर्ष त्यसै पनि पर्यटकको चहलपहल हुने मौसम हो, त्यसमा भ्रमण वर्ष शुभारम्भ कार्यक्रमले पर्यटकको चाप बढेको छ ।”
अङ्ग्रेजी नयाँ वर्ष र भ्रमण वर्ष शुभारम्भ कार्यक्रमलाई लक्षित गरी बर्दियाका ठूला रिसोर्ट धमाधम बुकिङ भइरहेको उहाँको भनाइ छ । भ्रमण वर्षको शुभारम्भको औपचारिक उद्घाटन कार्यक्रमलाई प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको भ्रमण वर्ष पर्यटन प्रवद्र्धन समितिले तयारी तीव्र पारेको छ ।
शुभारम्भ कार्यक्रमलाई व्यवस्थित बनाउन बर्दिया जिल्लाका होटल व्यवसायी, यातायात व्यवसायी, पर्यटन समिति, सञ्चार क्षेत्र तथा विभिन्न सामाजिक सङ्घसंस्थासँग समन्वय गरिएको समितिका सहसंयोजक माधव नेपालले बताउनुभयो । उद्घाटन समारोहलाई थप भव्य बनाउन होटल व्यवसायी सङ्घ ५ नं प्रदेशले २०२० जना भारतीय पर्यटकलाई समेत सहभागी गराएर विशेष छुटमा एक रात दुई दिन नेपाल बस्ने व्यवस्था मिलाएको सङ्घका प्रदेश समिति अध्यक्ष भास्कर काफ्लेले जानकारी दिनुभयो ।
बर्दियामा हुने भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रमलाई भव्य बनाउन जिल्लाका आठवटै स्थानीय तहले पनि आ–आफ्नो स्थानबाट तयारी गरिरहेको जिल्ला समन्वय समिति बर्दियाका संयोजक एवं भ्रमण वर्ष पर्यटन प्रवद्र्धन समितिका जिल्ला संयोजक शङ्कर थारुले बताउनुभयो । उहाँका अनुसार बर्दियामा हुने शुभारम्भ कार्यक्रमलाई भव्य बनाउन स्थानीय तहका जनप्रतिनिधि पनि उत्साहका साथ लागिपरेका छन् । रासस
News Desk 0 response आइतवार, पुस ६, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३


