

-
काठमाडौँ । नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो सम्मेलनमा विभिन्न समूह बनाएर छलफल शुरु गरिएको छ । शुक्रबारदेखि राजधानीमा शुरु भएको दोस्रो राष्ट्रिय सम्मेलनमा नेपाल प्रहरी र महान्यायाधिवक्ताको कार्यालयबाट विभिन्न विषयमा कार्यपत्र प्रस्तुत तथा छलफल भएको हो ।
कार्यक्रममा मुलुकको अपराध संहिताको कार्यान्वयनको अवस्था र सुधारका क्षेत्र, सरकारी मुद्दाको प्रभावकारिताका लागि महान्यायाधिवक्ताको कार्यालयबाट गरिएका प्रयास, अपराध अनुसन्धान तथा नियन्त्रण कार्ययोजना कार्यान्वयनको अवस्था र सुधारका प्राथमिकताको विषयमा छलफल हुनेछ ।
अपराध अनुुसन्धानमा मेडिको लिगल र विधि विज्ञानको भूमिका र सुधारका क्षेत्र, फौजदारी न्याय प्रशासनको प्रभावकारिताका लागि अनुसन्धानकर्ता र अभियोजनकर्ताबीचको समन्वय र सहकार्य, गोपनीयताको अधिकार र अपराध अनुसन्धान सङ्कलनमा प्रविधिको प्रयोग र अभिलेखमा पहुँचबारे छलफल हुने नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिनुभयो ।
यस्तै, वन तथा वन्यजन्तुसम्बन्धी अपराध नियन्त्रणमा गर्नुपर्ने सुधार, अपराध अनुसन्धानमा अन्तरदेशीय समन्वय, सरकारी मुद्दाको अनुसन्धानमा गरिने प्रमाण सङ्कलन एवं परीक्षणको अवस्थाबारे छलफल हुनेछ । आइतबारसम्म चल्ने सम्मेलनमा शनिबार छ र आइतबार छ समूह बनाएर छलफल तथा कार्यपत्र प्रस्तुत गरिनेछ । रासस
News Desk 0 response शनिबार, पुस ५, २०७६


सम्बन्धित शीर्षकहरु
-
नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश
मङ्लबार, माघ २४, २०७९ -
बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि…
मङ्लबार, माघ २४, २०७९ -
दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट..
मङ्लबार, माघ २४, २०७९ -
शहीदनगरका पूर्वप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार..
मङ्लबार, माघ २४, २०७९ -
टर्की भूकम्प : अहिलेसम्म ४३ सय जनाको..
मङ्लबार, माघ २४, २०७९
-
नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश
मङ्लबार, माघ २४, २०७९ -
बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि…
मङ्लबार, माघ २४, २०७९ -
दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट..
मङ्लबार, माघ २४, २०७९ -
शहीदनगरका पूर्वप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार..
मङ्लबार, माघ २४, २०७९ -
टर्की भूकम्प : अहिलेसम्म ४३ सय जनाको..
मङ्लबार, माघ २४, २०७९
-
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
अरुण तेस्रोको सुरुङ ‘ब्लास्टिङ’ गर्ने क्रममा एक..
मङ्लबार, माघ १७, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९ -
त्रिशूली अस्पतालमा जनआन्दोलनका घाइतेको नि:शुल्क उपचार
मङ्लबार, माघ १७, २०७९ -
विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल
मङ्लबार, माघ १७, २०७९