
-
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका चार महिनामा नेपालको निर्यात व्यापार सन्तोषजनक रहेको उल्लेख गरेको छ । यस अवधिमा कूल वस्तु निर्यात २३ दशमलव शून्य नौ प्रतिशतले वृद्धि भई रु ३६ अर्ब २८ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा निर्यात ११ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ४५ दशमलव शून्य छ प्रतिशतले वृद्धि भएको छ ।
चीन तथा अन्य मुलुकतर्फ भने निर्यात घटेको छ । गत वर्षको यसै अवधिको तुलनामा चालू आवको कात्तिक मसान्तसम्म चीनतर्फ छ प्रतिशत र अन्य मुलुकतर्फ चार दशमलव सात प्रतिशतले निर्यातमा कमी आएको हो । भारततर्फ नेपालको तेल, अलैँची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, आयुर्वेदिक औषधिलगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुसलगायतका वस्तुको निर्यात घटेको छ ।
राष्ट्र बैंकको आव २०७६÷७७ का चार महिनाको वित्तीय स्थितिअनुसार कूल वस्तु आयात छ दशमलव नौ प्रतिशतले घटेर रु चार खर्ब ५० अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस प्रकारको आयात ३५ दशमलव शून्य आठ प्रतिशतले बढेको थियो । अन्य मुलुकबाट १० दशमलव शून्य नौ प्रतिशतले घटेको छ भने चीनतर्फ भने १२ दशमलव शून्य आठ प्रतिशतले बढेको छ ।
आयाततर्फ कच्चा पाम तेल अन्य मेसिनरी तथा पाटपुर्जा, हटरोल सिट, विद्युतीय उपकरण, विद्युतीय सामानलगायतका वस्तुको आयात बढेको छ भने एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, हवाईजहाज तथा पार्टपुर्जा, सिमेन्टलगायतका वस्तुहरुको आयात घटेको छ । त्यसैगरी आव २०७६÷७७ को चार महिनासम्ममा कूल वस्तु व्यापार घाटा ८.९ प्रतिशतले सङ्कुचन भई रु चार खर्ब १४ अर्ब दुई करोड रहेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३७ दशमलव शून्य आठ प्रतिशतले वृद्धि भएको थियो । रासस
News Desk 0 response शनिबार, पुस ५, २०७६


सम्बन्धित शीर्षकहरु
-
भरतपुरमा रेनु दाहालको मतान्तर बढ्यो, २२०५ मतको..
बुधबार, जेष्ठ ४, २०७९ -
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
पूर्व अध्यक्ष थापालाई फिफाको चेतावनी
बुधबार, जेष्ठ ४, २०७९ -
ड्रग्स तस्करीका लागि मेक्सिको–अमेरिका सिमानामा रेल चल्ने..
बुधबार, जेष्ठ ४, २०७९ -
श्रीलङ्कालाई विश्व बैंकको १६ करोड डलर सहयोग,..
बुधबार, जेष्ठ ४, २०७९
-
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा..
बुधबार, जेष्ठ ४, २०७९ -
‘बजेटको प्राथमिकता कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हुनुपर्छ’
बुधबार, जेष्ठ ४, २०७९ -
पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन आयोगको..
बुधबार, जेष्ठ ४, २०७९ -
गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट
बुधबार, जेष्ठ ४, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा
सोमवार, बैशाख २६, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९