

-
भक्तपुर । स्थानीय तहको सुशासन प्रवद्र्धनमा पत्रकारले नीतिगतलगायत विषय उठान गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भएकाले त्यसतर्फ ध्यान जानुपर्नेमा जोड दिइएको छ ।
पारस्परिक जवाफदेहिता कार्यक्रमअन्तर्गत इक्वेल एक्सेस नेपालले आयोजना गरेको दुईदिने ‘पुनर्ताजगी पत्रकारिता तालीम’का प्रशिक्षक एवं वरिष्ठ पत्रकारले यस विषयमा जोड दिनुभएको हो । सो अवसरमा अन्नपूर्णपोष्ट दैनिकका प्रधानसम्पादक हरिबहादुर थापाले सङ्घीय संसद्का सांसद र प्रदेशसभा सदस्यलाई भन्दा बढी अधिकार स्थानीय तहका प्रमुख उपप्रमुख एवं वडाध्यक्षलाई संवैधानिकरुपमै दिइएकाले पत्रकारले निगरानी गर्नुपर्ने बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रकाशन गरेको प्रतिवेदनमा एक वर्षमा स्थानीय तहका अनियमितताका बारेमा २४ हजार ४८ उजुरी परेको प्रतिवेदन सार्वजनिक भएको उहाँले सुनाउनुभयो । कूल उजुरीको २६ प्रतिशतभन्दा बढी स्थानीय तहका कामका बारेमा उजुरी पर्नुले अधिकार वृद्धि भएसँगै अनियमितता पनि तल्लो तहसम्म संस्थागतरुपमा बढेको देखाएकाले निगरानी गर्ने संयन्त्र सक्रिय हुनुपर्ने पत्रकार थापाको भनाइ थियो ।
हिमाल खबर पत्रिकाका सम्पादक किरण नेपालले स्थानीय तहमा हुने गरेका अनियमितता एवं भ्रष्टाचार रोक्न पत्रकारले नियमितरुपमा पैरवी पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै धेरै मानिसको हितमा सार्वजनिक सरोकारका विषयमा पैरवी पत्रकारिता जरुरी रहेको बताउनुभयो ।
इक्वेल एक्सेस नेपालले विगत वर्षहरूमा आयोजना गरेको खोजमूलक पत्रकारिता तालीम र पैरवी अनुगमन तथा निगरानी तालीमपछि देशभर क्रियाशील रहेका ३४ जिल्लाका पत्रकार तालीममा सहभागी भएका थिए । यसअघि आयोजना भएको तालीमपछि उठान भएका विषय तथा प्रकाशन भएका समाचारले स्थानीय विकासअन्तर्गत विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि, विपद् तथा लैङ्गिक समता र समावेशीकरणका लागि वकालत गर्न मद्दत पुगेको इक्वेल एक्सेस नेपालका वरिष्ठ सञ्चार अधिकृत कमला पोखरेलले जानकारी दिनुभयो ।
यसपटक विगत वर्षहरूमा उपलब्ध गराएको तालीमको उपलब्धता, त्यस तालीमप्रति सहभागी पत्रकारको धारणा र सिकाइको समीक्षा तथा भावी योजनाका बारेमा समेत छलफल भएको थियो । एफएचआई ३६० का सञ्चारविज्ञ रामशरण सेढाइँले स्थानीय सरकारलाई स्वेच्छाचारी हुनबाट जोगाउन सञ्चारकर्मीले तल्लो तहसम्म पुगेर समाचार सङ्कलन गर्नुपर्ने सुझाव दिनुभयो ।
भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा महत्वका साथ साझा सवाललगायत पारस्परिक जवाफदेहिताका विषय उठानमा इक्वेल एक्सेसले काम गरिरहेको सो अवसरमा जानकारी दिइएको थियो ।
स्थानीय तहमा सुशासन प्रवद्र्धनका लागि इक्वेल एक्सेसले नागरिक संस्था एवं सञ्चारमाध्यमसँगको निरन्तर सहकार्यमा निगरानी बढाउने जनाइएको छ । रासस
News Desk 0 response शुक्रबार, पुस ४, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३


