
-
भक्तपुर । स्थानीय तहको सुशासन प्रवद्र्धनमा पत्रकारले नीतिगतलगायत विषय उठान गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भएकाले त्यसतर्फ ध्यान जानुपर्नेमा जोड दिइएको छ ।
पारस्परिक जवाफदेहिता कार्यक्रमअन्तर्गत इक्वेल एक्सेस नेपालले आयोजना गरेको दुईदिने ‘पुनर्ताजगी पत्रकारिता तालीम’का प्रशिक्षक एवं वरिष्ठ पत्रकारले यस विषयमा जोड दिनुभएको हो । सो अवसरमा अन्नपूर्णपोष्ट दैनिकका प्रधानसम्पादक हरिबहादुर थापाले सङ्घीय संसद्का सांसद र प्रदेशसभा सदस्यलाई भन्दा बढी अधिकार स्थानीय तहका प्रमुख उपप्रमुख एवं वडाध्यक्षलाई संवैधानिकरुपमै दिइएकाले पत्रकारले निगरानी गर्नुपर्ने बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रकाशन गरेको प्रतिवेदनमा एक वर्षमा स्थानीय तहका अनियमितताका बारेमा २४ हजार ४८ उजुरी परेको प्रतिवेदन सार्वजनिक भएको उहाँले सुनाउनुभयो । कूल उजुरीको २६ प्रतिशतभन्दा बढी स्थानीय तहका कामका बारेमा उजुरी पर्नुले अधिकार वृद्धि भएसँगै अनियमितता पनि तल्लो तहसम्म संस्थागतरुपमा बढेको देखाएकाले निगरानी गर्ने संयन्त्र सक्रिय हुनुपर्ने पत्रकार थापाको भनाइ थियो ।
हिमाल खबर पत्रिकाका सम्पादक किरण नेपालले स्थानीय तहमा हुने गरेका अनियमितता एवं भ्रष्टाचार रोक्न पत्रकारले नियमितरुपमा पैरवी पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै धेरै मानिसको हितमा सार्वजनिक सरोकारका विषयमा पैरवी पत्रकारिता जरुरी रहेको बताउनुभयो ।
इक्वेल एक्सेस नेपालले विगत वर्षहरूमा आयोजना गरेको खोजमूलक पत्रकारिता तालीम र पैरवी अनुगमन तथा निगरानी तालीमपछि देशभर क्रियाशील रहेका ३४ जिल्लाका पत्रकार तालीममा सहभागी भएका थिए । यसअघि आयोजना भएको तालीमपछि उठान भएका विषय तथा प्रकाशन भएका समाचारले स्थानीय विकासअन्तर्गत विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि, विपद् तथा लैङ्गिक समता र समावेशीकरणका लागि वकालत गर्न मद्दत पुगेको इक्वेल एक्सेस नेपालका वरिष्ठ सञ्चार अधिकृत कमला पोखरेलले जानकारी दिनुभयो ।
यसपटक विगत वर्षहरूमा उपलब्ध गराएको तालीमको उपलब्धता, त्यस तालीमप्रति सहभागी पत्रकारको धारणा र सिकाइको समीक्षा तथा भावी योजनाका बारेमा समेत छलफल भएको थियो । एफएचआई ३६० का सञ्चारविज्ञ रामशरण सेढाइँले स्थानीय सरकारलाई स्वेच्छाचारी हुनबाट जोगाउन सञ्चारकर्मीले तल्लो तहसम्म पुगेर समाचार सङ्कलन गर्नुपर्ने सुझाव दिनुभयो ।
भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा महत्वका साथ साझा सवाललगायत पारस्परिक जवाफदेहिताका विषय उठानमा इक्वेल एक्सेसले काम गरिरहेको सो अवसरमा जानकारी दिइएको थियो ।
स्थानीय तहमा सुशासन प्रवद्र्धनका लागि इक्वेल एक्सेसले नागरिक संस्था एवं सञ्चारमाध्यमसँगको निरन्तर सहकार्यमा निगरानी बढाउने जनाइएको छ । रासस
News Desk 0 response शुक्रबार, पुस ४, २०७६


सम्बन्धित शीर्षकहरु
-
भरतपुरमा रेनु दाहालको मतान्तर बढ्यो, २२०५ मतको..
बुधबार, जेष्ठ ४, २०७९ -
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
पूर्व अध्यक्ष थापालाई फिफाको चेतावनी
बुधबार, जेष्ठ ४, २०७९ -
ड्रग्स तस्करीका लागि मेक्सिको–अमेरिका सिमानामा रेल चल्ने..
बुधबार, जेष्ठ ४, २०७९ -
श्रीलङ्कालाई विश्व बैंकको १६ करोड डलर सहयोग,..
बुधबार, जेष्ठ ४, २०७९
-
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा..
बुधबार, जेष्ठ ४, २०७९ -
‘बजेटको प्राथमिकता कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हुनुपर्छ’
बुधबार, जेष्ठ ४, २०७९ -
पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन आयोगको..
बुधबार, जेष्ठ ४, २०७९ -
गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट
बुधबार, जेष्ठ ४, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा
सोमवार, बैशाख २६, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९