• काठमाडौं । सदाझैं यस वर्ष पनि त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोह सम्पन्न भएको छ । यस वर्ष लगभग १० हजार विद्यार्थी दीक्षित भएका छन् । विद्यावारिधि लगायत एमफीलका विद्यार्थी पनि दीक्षित भएका छन् । त्यसैगरी त्रिविले प्रत्येक संकायका विशिष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरेको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजित समारोहमा त्रिभुवन विश्वविद्यालयको कुलपतिका हैसियतले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुपर्ने भए पनि उहाँको अनुपस्थितिमा शिक्षामन्त्री गिरीराजमणि पोखरेलले समारोहको अध्यक्षता गर्नुभएको थियो ।