

-
भक्तपुर । पारस्परिक जवाफदेहिता कार्यक्रमअन्तर्गत इक्वेल एक्सेस नेपालले आयोजना गरेको दुई दिने पुनर्ताजगी पत्रकारिता तालीम बुधबारदेखि यहाँ शुरु भएको छ ।
इक्वेल एक्सेस नेपालले विगत वर्षहरूमा आयोजना गरेको खोजमूलक पत्रकारिता तालीम र पैरवी अनुगमन तथा निगरानी तालीमपछि देशभर क्रियाशील रहेका ३४ जिल्लाका पत्रकार तालीममा सहभागी छन् । तालीमपछि उठान गरिएका विषय तथा प्रकाशन भएका समाचारले स्थानीय विकास खासगरी शिक्षा, स्वास्थ्य, कृषि, विपद् तथा लैङ्गिक समता र समावेशीकरणका लागि वकालत गर्न मद्दत पुगेको इक्वेल एक्सेस नेपालका वरिष्ठ सञ्चार अधिकृत कमला पोखरेलले जानकारी दिनुभयो ।
यसपटक विगत वर्षहरूमा उपलब्ध गराएको तालीमको उपलब्धता, त्यस तालीमप्रति सहभागी पत्रकारको धारणा र सिकाइको समीक्षा तथा भावी योजनाका बारेमा छलफल गर्ने उद्देश्य रहेको उहाँले सुनाउनुभयो । भेलामा स्थानीय तहको विकास र जनचासोको सवालमा खोज पत्रकारिता र पैरवी पत्रकारिताको महत्व एवं पत्रकारको भूमिकाका विषयमा बुधबार एफएचआई ३६० का विज्ञ सल्लाहकार भोला भट्टराईको प्रस्तुति थियो । प्रस्तुतिका क्रममा उहाँले सार्वजनिक सरोकारका विषयमा नीतिगत तवरले समाचारका विषय उठाउनुपर्नेमा जोड दिनुभयो ।
आज पत्रकार हरिबहादुर थापा र किरण नेपालले स्थानीय तहको विकास र जनचासोको सवालमा खोज पत्रकारिता र पैरवी पत्रकारिताको महत्व तथा पत्रकारको भूमिकाका विषयमा अनुभवसहितको प्रस्तुति गर्नुहुने जनाइएको छ । इक्वेल एक्सेसले भूकम्प अतिप्रभावित १४ जिल्लामा महत्वका साथ साझा सवाल लगायत पारस्परिक जवाफदेहिताका विषय उठानमा काम गरिरहेको सो अवसरमा जानकारी दिइएको थियो । रासस
News Desk 0 response बिहिबार, पुस ३, २०७६


सम्बन्धित शीर्षकहरु
-
एपीएफ क्लब ललितपुर मेयर्स कप महिला टी–२०..
शनिबार, चैत्र ११, २०७९ -
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु
शनिबार, चैत्र ११, २०७९ -
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९ -
पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’
शनिबार, चैत्र ११, २०७९
-
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९ -
पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’
शनिबार, चैत्र ११, २०७९ -
नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र..
शनिबार, चैत्र ११, २०७९ -
मिथिलामा वासन्ती छठ पर्व सुरु
शनिबार, चैत्र ११, २०७९
-
सिंगापुरको छाङ्गी एयरपोर्ट विश्वकै उत्कृष्ट
शुक्रबार, चैत्र ३, २०७९ -
स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालय
मङ्लबार, चैत्र ७, २०७९ -
रासायनिक मलको रित्तो गोदाममा सरकारी टोलीको अनुगमन
शनिबार, चैत्र ४, २०७९ -
नेपाल विश्व कप छनोटमा पुग्न यूएईसँगको खेल..
बिहिबार, चैत्र २, २०७९ -
उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु
शुक्रबार, चैत्र ३, २०७९