

-
काठमाडौँ । अङ्ग्रेजी भाषाका माध्यमबाट नेपाललाई अन्तरराष्ट्रिय क्षेत्रमा जोड्दै आएको ‘द राइजिङ नेपाल’ आजदेखि ५५ वर्षमा प्रवेश गरेको छ । विसं २०२२ पुस १ गतेदेखि अङ्ग्रेजी भाषाको अखबारका रुपमा यसको प्रकाशन शुरु भएको थियो । गोरखापत्र संस्थानद्वारा प्रकाशित सो अखबारको संस्थापक सम्पादकका रुपमा वरुणशम्शेर राणा हुनुहुन्थ्यो ।
‘द राइजिङ नेपाल’ ५४ वर्ष पूरा गरेका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पूर्वाग्राही पत्रकारिताबाट आमनागरिक प्रभावित भइरहेकामा चिन्ता व्यक्त गर्दै मूलधारका सञ्चारमाध्यमले सत्यतथ्य समाचार सामग्री सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले केही सञ्चारमाध्ययम यो वा त्यो बहानामा सरकारलाई मिथ्या आरोप लगाएर जनतामा भ्रम सिर्जना गर्न उद्दत देखिएको बताउनुभयो । “केही सञ्चारमाध्यमले तथ्यलाई स्वीकार गर्न नसक्दा जनतामा भ्रम सिर्जना भइरहेको छ”, विशेषतः मूलधारको सञ्चारमाध्यमले सही र तथ्यपरक सूचना सम्प्रेषणमा ध्यान दिन आग्रह गर्दै उहाँले भन्नुभयो, “हामी तथ्यहरु दिँदैनौँ, राजनीतिक होहल्लामा कुद्छौँ, तथ्यमा नटेकी पूर्वाग्राही दृष्टिकोणबाट निर्देशित सञ्चारमाध्यम आफ्नै कारणले समस्यामा छन् ।”
आफ्ना गतिविधिलाई लिएर हुने आलोचनाबाट सरकार रत्तिभर नडराउने बताउँदै उहाँले हचुवाका भरमा नभई तथ्यमा आधारित रहेर आलोचना गर्न लेखक एवं पत्रकारलाई आग्रह गर्नुभयो । पछिल्ला समय ‘गोरखापत्र’लगायत संस्थानका अन्य प्रकाशनको समाचार सामग्री पठनीय बन्दै गएकामा सन्तोष व्यक्त गर्दै सञ्चारमन्त्री बाँस्कोटाले समाचार सामग्रीलाई थप ओजपूर्ण बनाउन सुझाव दिनुभयो । ऊर्जाशील समय त्यसै खेर नफाल्न संस्थानका पत्रकार तथा कर्मचारीलाई आग्रह गर्दै उहाँले सरकारविरुद्धका भ्रम चिरेर स्थानीय सरकारसँग समन्वय गरी अगाडि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले समाचारको विषयवस्तुलाई पठनीय बनाउनु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै पाठ्य सामग्रीमा सुधार ल्याउने प्रयास निरन्तर भइरहेको बताउनुभयो । “कुनै बेला ‘गोरखापत्र’को काम सरकारको गलत काम छोप्नु थियो होला तर अहिले हामीले त्यस्तो प्रवृत्ति परिवर्तन गरेका छौँ”, उहाँले भन्नुभयो, “आलोचनात्मक चेत हामीले गुमाएका छैनौँ, आमजनताप्रति बफादार हुने गरी अगाडि बढेका छौँ, यो कुनै दलको, सरकारको होइन, जनताको पत्रिका हो ।”
कार्यक्रममा ‘द राइजिङ नेपाल’को श्रीवृद्धिमा विशिष्ट योगदान गर्ने डा तारानाथ शर्मा, पी खरेल, जबाहरकृष्ण मानन्धर, लोकदीप थापा, विजयलाल श्रेष्ठ, आदित्यमान श्रेष्ठ, देवराज दाहाललगायतलाई सम्मान गरिएको थियो । सो अखबारले राष्ट्रिय तथा अन्तरराष्ट्रिय गतिविधिलाई अङ्ग्रेजी भाषाका माध्यमबाट नागरिकलाई सूसुचित गराउँदै आएको छ । जनचासोका आलेख, विचार, विश्लेषण तथा अन्तर्वार्तालाई अखबारले प्रमुखताका साथ प्रकाशन गर्दै आएको छ । रासस
News Desk 0 response मङ्लबार, पुस १, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


