

-
काठमाडौँ । अङ्ग्रेजी भाषाका माध्यमबाट नेपाललाई अन्तरराष्ट्रिय क्षेत्रमा जोड्दै आएको ‘द राइजिङ नेपाल’ आजदेखि ५५ वर्षमा प्रवेश गरेको छ । विसं २०२२ पुस १ गतेदेखि अङ्ग्रेजी भाषाको अखबारका रुपमा यसको प्रकाशन शुरु भएको थियो । गोरखापत्र संस्थानद्वारा प्रकाशित सो अखबारको संस्थापक सम्पादकका रुपमा वरुणशम्शेर राणा हुनुहुन्थ्यो ।
‘द राइजिङ नेपाल’ ५४ वर्ष पूरा गरेका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पूर्वाग्राही पत्रकारिताबाट आमनागरिक प्रभावित भइरहेकामा चिन्ता व्यक्त गर्दै मूलधारका सञ्चारमाध्यमले सत्यतथ्य समाचार सामग्री सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले केही सञ्चारमाध्ययम यो वा त्यो बहानामा सरकारलाई मिथ्या आरोप लगाएर जनतामा भ्रम सिर्जना गर्न उद्दत देखिएको बताउनुभयो । “केही सञ्चारमाध्यमले तथ्यलाई स्वीकार गर्न नसक्दा जनतामा भ्रम सिर्जना भइरहेको छ”, विशेषतः मूलधारको सञ्चारमाध्यमले सही र तथ्यपरक सूचना सम्प्रेषणमा ध्यान दिन आग्रह गर्दै उहाँले भन्नुभयो, “हामी तथ्यहरु दिँदैनौँ, राजनीतिक होहल्लामा कुद्छौँ, तथ्यमा नटेकी पूर्वाग्राही दृष्टिकोणबाट निर्देशित सञ्चारमाध्यम आफ्नै कारणले समस्यामा छन् ।”
आफ्ना गतिविधिलाई लिएर हुने आलोचनाबाट सरकार रत्तिभर नडराउने बताउँदै उहाँले हचुवाका भरमा नभई तथ्यमा आधारित रहेर आलोचना गर्न लेखक एवं पत्रकारलाई आग्रह गर्नुभयो । पछिल्ला समय ‘गोरखापत्र’लगायत संस्थानका अन्य प्रकाशनको समाचार सामग्री पठनीय बन्दै गएकामा सन्तोष व्यक्त गर्दै सञ्चारमन्त्री बाँस्कोटाले समाचार सामग्रीलाई थप ओजपूर्ण बनाउन सुझाव दिनुभयो । ऊर्जाशील समय त्यसै खेर नफाल्न संस्थानका पत्रकार तथा कर्मचारीलाई आग्रह गर्दै उहाँले सरकारविरुद्धका भ्रम चिरेर स्थानीय सरकारसँग समन्वय गरी अगाडि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले समाचारको विषयवस्तुलाई पठनीय बनाउनु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै पाठ्य सामग्रीमा सुधार ल्याउने प्रयास निरन्तर भइरहेको बताउनुभयो । “कुनै बेला ‘गोरखापत्र’को काम सरकारको गलत काम छोप्नु थियो होला तर अहिले हामीले त्यस्तो प्रवृत्ति परिवर्तन गरेका छौँ”, उहाँले भन्नुभयो, “आलोचनात्मक चेत हामीले गुमाएका छैनौँ, आमजनताप्रति बफादार हुने गरी अगाडि बढेका छौँ, यो कुनै दलको, सरकारको होइन, जनताको पत्रिका हो ।”
कार्यक्रममा ‘द राइजिङ नेपाल’को श्रीवृद्धिमा विशिष्ट योगदान गर्ने डा तारानाथ शर्मा, पी खरेल, जबाहरकृष्ण मानन्धर, लोकदीप थापा, विजयलाल श्रेष्ठ, आदित्यमान श्रेष्ठ, देवराज दाहाललगायतलाई सम्मान गरिएको थियो । सो अखबारले राष्ट्रिय तथा अन्तरराष्ट्रिय गतिविधिलाई अङ्ग्रेजी भाषाका माध्यमबाट नागरिकलाई सूसुचित गराउँदै आएको छ । जनचासोका आलेख, विचार, विश्लेषण तथा अन्तर्वार्तालाई अखबारले प्रमुखताका साथ प्रकाशन गर्दै आएको छ । रासस
News Desk 0 response मङ्लबार, पुस १, २०७६


सम्बन्धित शीर्षकहरु
-
अमेरिकी आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले..
शनिबार, माघ २१, २०७९ -
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
रबिको अल्टिमेटम आज सकिँदै, गृह मन्त्रालय नदिने..
शनिबार, माघ २१, २०७९
-
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय..
शनिबार, माघ २१, २०७९ -
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९ -
क्यानको बन्द प्रशिक्षणमा सन्दीप लामिछाने परेनन्
शुक्रबार, माघ १३, २०७९