

-
लिस्बन । पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीको निधन भएको छ । पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा निधन भएको छ ।
थापाको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स–परिवार पोर्चुगल बस्दै आएका थिए । उनलाई मधुमेह र उक्त रक्तचापको समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ । थापाको अन्तिम दाहसंस्कार पोर्चुगलमै गरिने एनआरएनए पोर्चुगलका सचिव यमेन्द्र घर्तीमगरले बताउनुभयो ।
यसैगरी डिसेम्बर ८ का दिन नुवाकोटका ४१ वर्षीय नवीनकुमार पाठकको निधन भएलगत्तै गत मङ्गलबार करीब एक वर्षअघि पोर्चुगल आएका पोखराका २९ वर्षीय युवकको उनकै कोठामा मृत्यु भएको थियो । ती पोखरेलीको नामसहितको विवरण प्राप्त भए पनि मृतकका परिवारको सल्लाहअनुसार सार्वजनिक नगर्न एनआरएनए पोर्चुगलले अनौपचारिक जानकारी गराएको छ ।
उनको शव जोजेजु आकिम फेर्नान्दिस अस्पताल बेजामा राखिएको छ । शव परीक्षण रिपोर्टमा अत्यधिक मद्यपानका कारण बान्ता गर्दा श्वासप्रश्वास नली बन्द भई अक्सिजनको कमी हुँदा मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै प्रवासी नेपाली एकता मञ्चका सदस्य नारायण शर्माले बताउनुभयो । मृतकको शव नेपाल पठाउनका लागि प्रक्रिया अगाडि बढाइएको एनआरएनएले जनाएको छ । रासस
News Desk 0 response मङ्लबार, पुस १, २०७६


सम्बन्धित शीर्षकहरु

व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई सञ्चित नाफामा गणना गर्नसक्ने
बुधबार, मंसिर १३, २०८०-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
केपी ओली कप टी २० क्रिकेट प्रतियोगिता..
बिहिबार, मंसिर ७, २०८० -
सर्वोच्चमै सात न्यायाधीश रिक्त, साढे दुई वर्षदेखि..
मङ्लबार, मंसिर ५, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
७१ सहसचिवको सरुवा (सूचीसहित)
सोमवार, मंसिर ११, २०८० -
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा
सोमवार, मंसिर ११, २०८०