

-
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले हालै सङ्घीय संसद्मा दर्ता गराएको ‘नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ ।
काँग्रेस संसदीय दलको कार्यालयले आज एक विज्ञप्तिमार्फत उक्त विधेयकमा भएका व्यवस्थाले नेपालको संविधानको मौलिक हकले प्रदान गरेको नागरिकको स्वतन्त्रतालाई कुण्ठित गर्ने उल्लेख छ । प्रमुख सचेतक बालकृष्ण खाणले विधेयकबाट नागरिकका हरेक सूचना चुहावट हुने, गोपनीयता भङ्ग हुने र स्वतन्त्रतालाई समाप्त गर्ने भन्दै संविधान प्रतिकूल ऐन बनाउने कार्य काँग्रेसलाई स्वीकार्य नभएको उल्लेख गर्नुभएको छ ।
प्रस्तुत भएको विधेयक संविधानमा उल्लिखित मौलिक हकको प्रतिकूल भएको टिप्पणी गर्दै विधेयकलाई तत्काल फिर्ता गर्न काँग्रेस संसदीय दलले माग गरेको छ । साथै संविधानको प्रतिकूल र नागरिकका स्वतन्त्रता हित विपरीत हुने खालका विधेयक प्रस्तुत नगर्न सरकारलाई काँग्रेसले सचेत गराएको छ । रासस
News Desk 0 response सोमवार, मंसिर ३०, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३


