

-
निजगढ । नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको निजगढ–काठमाडौँ दु्रतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रूख काटिएका छन् । करिब ७७ किलोमिटर निजगढ–काठमाडौँ दु्रतमार्ग निर्माणका क्रममा सडक निर्माण क्षेत्रमा पर्ने करिब ३८ हजार ६६४ रूखमध्ये २७ हजार ६९ रूख काटिएका दु्रतमार्ग आयोजना कार्यान्वयन माहाशाखाका प्रमुख तथा प्रमुख सेनानी विश्वबन्धु पहाडीले बताउनुभयो ।
तत्काल उक्त सङ्ख्यामा रूख काट्नै पर्ने उहाँको भनाइ छ । बाँकी रहेका ११ हजार एक सय रूख अहिले नकाट्दा हुने उहाँले बताउनुभयो । बाँकी रहेका ११ हजार एक सय रूख सुरुङ निर्माणका क्रममा काटिने उहाँले बताउनुभयो । सडक निर्माणको सिद्धान्तअनुसार पहाडी क्षेत्रमा ५० मिटर र तराई क्षेत्रमा एक सय मिटरसम्मका रूख काट्नुपर्ने भनी वन मन्त्रालयसँग अनुमति लिइएको आयोजना कार्यान्वयन माहाशाखाका प्रमुख पहाडीले बताउनुभयो ।
दु्रतमार्ग निर्माणका क्रममा काटिएका रूखको व्यवस्थापनका लागि सम्बन्धित निकायको जिम्मा लगाइएको सेनाले जनाएको छ । वन मन्त्रालय मातहत रहेर काटिएका रूख जिल्ला वन कार्यालयमा र सामुदायिक वन मातहतमा रहेका तथा काटिएका रूख सामुदायिक वनलाई सरोकारवाला निकायको रोहवरमा बुझाइएको सेनाले जनाएको छ ।
वातावरणीय मापदण्डअनुसार एक रूख काट्दा २५ रूख रोप्नुपर्ने भएका कारण नेपाली सेनाले निजगढ र राजदरबारमा करिब एक लाख ५० हजार बिरुवा उत्पादन गरिरहेको छ भने सेनाले काटिएका रूखको ठाउँमा वृक्षरोपणको काम पनि शुरु गरिसकेको छ । त्यसअनुसार कोहल्वी नगरपालिकाका विभिन्न स्थानमा करिब पाँच हजार बिरुवा रोपिसकेका जनाइएको छ । बिरुवा उत्पादन गरिसकेपछि रोप्ने स्थानको छनोटको काम पनि निरन्तर भइरहेको सेनाले जनाएको छ । रासस
News Desk 0 response सोमवार, मंसिर ३०, २०७६


सम्बन्धित शीर्षकहरु
-
तिब्बतमा प्रधामन्त्री प्रचण्ड र सिपिसीका सचिव वाङबीच..
बुधबार, अशोज १०, २०८० -
सगरमाथासहितका १० हिमालबाट १०८ टन फोहर सङ्कलन
बुधबार, अशोज १०, २०८० -
नेपाल भारतसँग पेनाल्टी शुटआउटमा पराजित
बुधबार, अशोज १०, २०८० -
सुन आयातको कोटा बढ्याे, दैनिक २० किलो..
बुधबार, अशोज १०, २०८० -
सुन आयातको कोटा बढ्याे, दैनिक २० किलो..
बुधबार, अशोज १०, २०८०
-
तिब्बतमा प्रधामन्त्री प्रचण्ड र सिपिसीका सचिव वाङबीच..
बुधबार, अशोज १०, २०८० -
सगरमाथासहितका १० हिमालबाट १०८ टन फोहर सङ्कलन
बुधबार, अशोज १०, २०८० -
नेपाल भारतसँग पेनाल्टी शुटआउटमा पराजित
बुधबार, अशोज १०, २०८० -
सुन आयातको कोटा बढ्याे, दैनिक २० किलो..
बुधबार, अशोज १०, २०८० -
सुन आयातको कोटा बढ्याे, दैनिक २० किलो..
बुधबार, अशोज १०, २०८०
-
१५ लाखभन्दा बढीको नक्कली नोटसहित दुई जना..
शुक्रबार, अशोज ५, २०८० -
काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाख..
सोमवार, अशोज ८, २०८० -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, अशोज ६, २०८० -
चितवनमा अवैधरूपमा ल्याइएको दुई हजार किलो माछा..
सोमवार, अशोज १, २०८० -
पर्यटकको आकर्षक गन्तव्य बन्दै भोजपुरको महभिर झरना
मङ्लबार, अशोज २, २०८०