

-
बाजुरा । सदरमुकाम मार्तडीसहित हिमाली क्षेत्रमा परेको हिमपातका कारण चिसो बढेसँगै दैनिक जनजीवन प्रभावित बनेको छ । चिसोका कारण स्थानीय बजार बन्द छन् भने ग्रामीण क्षेत्रमा आवतजावत रोकिएको छ ।
हिमपातले एक गाउँदेखि अर्को गाउँसम्मको सम्पर्क टुटेको छ भने हिमाली क्षेत्रमा रहेका विद्यालय बन्द गरिएका छन् । शनिबार घाम लागे पनि घर बाहिर आएर हिँडडुल गर्न समस्या देखिएको हो । हिमपातले चिसो बढाए पनि कृषि उत्पादनमा सहयोग पुगेको किसानको भनाइ छ ।
बडिमालिका र बूढीनन्दा नगरपालिकाको सिमानामा पर्ने पोरखे लेकमा भएको भारी हिमपातले गर्दा बाजुरा जिल्लाको ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टुटेको छ । जिल्लाका अधिकांश स्थानमा चार÷पाँच फिटसम्म हिउँ जमेकाले हिँडडुलमा समेत समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताउनुभयो ।
मार्तडी–कोल्टी सडक पूर्णरूपमा बन्द भएको छ भने आवतजावत पनि रोकिएको छ । मार्तडीबाट कोल्टी र कोल्टीबाट मार्तडी आउने सवारी साधन ढम्कने र पाण्डुसैनमा रोकिएका छन् । गौमुल र कोल्टीसम्मको सडकमा हिमपात बढी भएकाले जीप सञ्चालन हुन नसकेको यातायात व्यवसायी मदन महतले बताउनुभयो ।
बाजुरासहित आसपासका जिल्लाको सञ्चार शनिबार बिहानदेखि पूर्णरूपमा बन्द भएको छ । अप्टिकल फाइबरमा आएको खराबी र हिमपातले टेलिफोनको टावरमा पु-याएको समस्याका कारण बाजुरासहितका आसपासका जिल्लाको टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम शाखा बाजुराले जनाएको छ ।
टेलिकमका सबै सेवा अवरुद्ध छन् भने इन्टरनेट सेवा पनि पूर्णरूपमा बन्द छ । जिल्लामा सञ्चालित नमस्ते, स्काइ, ल्याण्डलाइनसहितका फोन अवरुद्ध छन् भने एडिएसएल, वल्र्डलिङ्क, सुबिसुसहितका इन्टरनेट सेवा पनि अवरुद्ध छन् । फोन, इमेल इन्टरनेटसहितका सुविधा नहुँदा सरकारी तथा गैरसरकारी कार्यालय तथा सञ्चारमाध्यम बढी प्रभावित भएका छन् । रासस
News Desk 0 response आइतवार, मंसिर २९, २०७६


सम्बन्धित शीर्षकहरु
-
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९ -
पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’
शनिबार, चैत्र ११, २०७९ -
नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र..
शनिबार, चैत्र ११, २०७९ -
मिथिलामा वासन्ती छठ पर्व सुरु
शनिबार, चैत्र ११, २०७९
-
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९ -
पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’
शनिबार, चैत्र ११, २०७९ -
नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र..
शनिबार, चैत्र ११, २०७९ -
मिथिलामा वासन्ती छठ पर्व सुरु
शनिबार, चैत्र ११, २०७९
-
सिंगापुरको छाङ्गी एयरपोर्ट विश्वकै उत्कृष्ट
शुक्रबार, चैत्र ३, २०७९ -
स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालय
मङ्लबार, चैत्र ७, २०७९ -
रासायनिक मलको रित्तो गोदाममा सरकारी टोलीको अनुगमन
शनिबार, चैत्र ४, २०७९ -
नेपाल विश्व कप छनोटमा पुग्न यूएईसँगको खेल..
बिहिबार, चैत्र २, २०७९ -
उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु
शुक्रबार, चैत्र ३, २०७९