

-
काठमाडौँ । देशका यावत् समस्या समाधान गर्ने नीति निर्माताका साथमा रहेर भूमिका प्रदर्शन गर्दै आएको सङ्घीय संसद् सेवाका कर्मचारीले आज १३औँ संसद् सेवा दिवस नयाँ बानेश्वरस्थित संसद् भवनमा भव्यताका साथ मनाए ।
उच्च पदाधिकारीका साथमा रहेर काम गर्न पाए पनि आफ्ना समस्या र चुनौतीको तत्कालै सुनुवाइ नहुने प्रवृत्ति र आकर्षण नहुँदा सेवा नै छाडेर जाने मनोवैज्ञानिक स्थितिमा रहनुपरेको गुनासो उनीहरुले गरे ।
कार्य र जिम्मेवारी निजामती सेवाभन्दा फरक प्रकृति भएको तथा अन्तरराष्ट्रिय अभ्यास र प्रयोगमा समेत संसद्लाई विशिष्ट र विशेषज्ञसहितको स्वायत्त सेवाका रुपमा विकास गर्ने हेतुले विसं २०५८ मङ्सिर २८ गते संसद् सेवा ऐन जारी भएको थियो ।
संसद् सेवालाई विशिष्टकृत सेवाको रुपमा विकास गर्न अन्य देशले अभ्यास गरेझै यसका काम कारवाहीलाई अनुसन्धानमा आधारित बनाउन नितान्त आवश्यक रहेको विज्ञहरुको भनाइ छ । व्यवस्थापनको नवीन मान्यता अनुरुप कर्मचारीलाई उत्प्रेरित गरेर मात्रै उद्देश्य उन्मुख गराउन सकिन्छ भन्ने मान्यता एवं हालसम्मका अनुभव र अन्तरराष्ट्रिय अभ्यासले संसद् सेवाभित्रै प्रभावकारी प्रशिक्षण संयन्त्रको विकास गर्नुपर्ने आवश्यकतामाथि उनीहरुले जोड दिएका छन् ।
समारोहमा २०७५/०७६ मा उत्कृष्ठ कार्यसम्पादन गर्ने चार जना राष्ट्र सेवकलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो । एक लाख नगद राशीको संसद् सेवा सर्वोत्कृष्ट पुरस्कार उपसचिव दशरथ धमलाले प्राप्त गर्नुभयो भने ७५ हजार नगदसहितको संसद् सेवा उत्कृष्ट पुरस्कार नायब सुब्बा रेणुका सुवेदीले प्राप्त गर्नुभयो । त्यस्तै जनही ५०/५० हजार राशीको संसद् सेवा पुरस्कार कार्यालय सहयोगी जङ्गबहादुर मगर र प्राविधिक गम्भीरमान सिंहले प्राप्त गरेका छन् ।
समारोहलाई सम्बोधन गर्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सांसद र कर्मचारी संयुक्त प्रयासमा मात्र संसद् र संसदीय समितिलाई प्रभावकारी तुल्याउन सकिने भएकाले एकआपसमा हातेमालो गरी एक भएर अघि बढ्नुपर्ने आवश्कतामाथि जोड दिनुभयो । “सरकारलाई जनताप्रति उत्तरदायी बनाउने भूमिकामा रहेको संसद्का काम कारवाही र गतिविधिलाई परिणाममुखी तुल्याउन कर्मचारीले सक्रिय भएर खटनुपर्दछ”, उहाँले भन्नुभयो, “सांसद र कर्मचारी एकअर्काका पुरक हुन । एकअर्कोको सहयोग विना पूर्णता हँुदैन । नूनको सोझ मात्रै नगरौँ, जिम्मेवार भएर काम गरौँ ।”
उपसभामुख डा शिवमाया तुम्बाहाङफेले कहिलेकाहीँ केही काम विशेषमा ढिला सुस्ती देखिएपनि समग्रमा संसद् सेवाका कर्मचारीको कामको गति राम्रो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संसद् सेवाका कर्मचारीकै मेहेनतका कारण संसद्को पाँचौँ अधिवेशनको पूर्वतयारी काम भइसकेको छ, हामी कानून बनाउने थलोमा छौँ, सबै चनाखो भएर कर्तव्य पूरा गर्नुपर्छ, कर्मचारीले गर्ने कामले सांसदको भूमिका प्रभावकारी हुनेछ ।”
संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसद् सेवा संसद्को प्रभावकारिता अभिवृद्धि गर्ने महत्वपूर्ण औजार भएकाले यसले खेल्ने भूमिकाका आधारमा संसद् र संसदीय समितिको काम कारवाहीको मापन गर्न सकिन्छ भन्नुभयो ।
सचिव डा भरतराज गौतमले सचिवालमा प्राप्त स्रोत र जनशक्तिका आधारमा सेवा प्रवाहलाई चुस्त तुल्याउने काम भइरहेको जानकारी दिनुभयो ।
कर्मचारी सङ्घका अध्यक्ष मेघराज अर्यालले संसद् सेवालाई उत्कृष्ट तुल्याउन कर्मचारीको मनोबल उकास्नेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।
सो अवसरमा अध्यक्ष तिमिल्सेनाले सङ्घीय संसद् सेवा स्मारिक २०७६ को विमोचन गर्नुभयो । समारोहमा संसद् दिवसका अवसरमा आयोजित अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने कर्मचारीलाई पुरस्कार एवं प्रमणत्रपत्र प्रदान गरियो । सङ्घीय संसद् सेवामा हाल ३५० को हाराहारी जनशक्ति रहेको बताइएको छ । राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त रुप रहको सङ्घीय संसद् मातहत १६ वटा विषयगत समिति रहेका छन् । रासस
News Desk 0 response शनिबार, मंसिर २८, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


