

-
चितवन । सडक विस्तारको काम सम्पन्न भए पनि पहिरोको जोखिम कायमै रहेको नारायणढ–मुग्लिन सडक खण्डका आठ स्थानमा पहिरो रोक्ने काम गरिने भएको छ । सडकमा दिउँसो ११ देखि ३ बजेसम्म सवारी रोकेर आजदेखि काम थालिने भनिएकामा पानी परेपछि काम शुरु हुन सकेको छैन ।
नारायणढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार सो सडक खण्डको आठ स्थानमा पहिरो रोक्नका लागि तार, रडलगायतका सामग्री प्रयोग गरेर गरिने रक नेटिङ, बायोइन्जिनीयरिङ, बोल्टिङलगायतका काम गरिँदैछ । सडक खण्डको १५ किलो, १८ किलो, घुमाउने, भालुढुङ्गा, जलबिरे, चारकिलो, टोपे खोला र कालीखोला नजीक पहिरो रोकथामका काम गरिने खनालले जानकारी दिनुभयो ।
ती काम छ महिनाभित्र सम्पन्न गर्ने गरी बज्रगुरु, हिमशिखर र न्यू टेक्निकल कम्पनीहरुले संयुक्त रुपमा रु १२ करोडको बोलपत्र सकार गरेका छन् । कामका क्रममा ढुङ्गा र माटो खस्ने भएकाले सडक रोकेर काम गर्न लागिएको हो । खनालका अनुसार पहिलो चरणमा खुकुलो माटो र ढुङ्गा झारिनेछ । गत वर्ष सडक विस्तारको काम सम्पन्न भए पनि पहिरो नियन्त्रणको काम सकिएको थिएन । नयाँ प्रविधिको उच्चतम प्रयोग गरी पहिरो रोक्ने काम गर्न लागिएको हो ।
बाटो सम्पन्न भएसँगै चारवटा पुल बनाउन थालिएकामा तीनवटा सम्पन्न भई सकेका छन् भने एउटा अन्तिम चरणमा पुगेको छ । बाँकी १५ पुलको निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । सडकको चौडाइ नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको भए पनि पुल पाँच दशमलब पाँचदेखि ६ मिटरसम्म मात्र चौडाइ रहेको छ । यो सडक राजधानी भित्रने प्रमुख सडक हो ।
नारायणगढ–मुग्लिन सडक खण्डको पहिरो रोकथामको काम गर्नका लागि आजदेखि दुई सातासम्म दिनमा सवारी रोक्न लागिएको भए पनि पानी परेका कारण आज काम शुरु नभएको हो । यसै सडक हुँदै दैनिक १० हजार सवारी गुड्छन् । रासस
News Desk 0 response शुक्रबार, मंसिर २७, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


