

-
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौं दक्षिण एसियाली खेलकूद (साग)मा नेपाली खेलाडीहरुको प्रदर्शन असाधारण रहेको वताउनु भएको छ । नेपालले यसअघि हासिल गरेका उपलब्धिमा तेह्रौं सागमा रेकर्ड तोडेकोमा प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई वधाई दिनु भएको थियो ।
News Desk 0 response बिहिबार, मंसिर २६, २०७६
तेह्रौं सागमा पदक विजेता खेलाडीहरुलाई प्रधानमन्त्री निवास बालुवाटार निम्त्याएर प्रधानमन्त्री ओलीले खेलकूदमा राष्ट्रले प्राप्त गरेको खुसीयाली साटासाट गर्नु भएको हो । ‘५० वटा खेलमा सामेल हुने हैसियत नभएका ठाउँबाट आज देशलाई ५१ वटा स्वर्ण पदक दिलाउनु भएको छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो सानो उपलब्धि होइन । अव हामीले यसलाई थालनी मानेर खेलकूदमा नयाँ उपलब्धिहरु हासिल गर्दै जानु पर्नेछ ।’ उहाँले चौधौं सागमा अहिलेका सबै जितको रेकर्ड तोड्नेगरी अघि बढ्न पनि खेलाडीहरुलाई आह्वान गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भूकम्पका कारण खेलकूदका पूर्वाधार सबै भत्केको अवस्थामा सफलतापूर्वक साग आयोजना हुनुलाई पनि उपलब्धिका रुपमा लिनु पर्ने उहाँको भनाई थियो । ‘भूकम्पले हाम्रा सबै पूर्वाधारहरु भत्केका थिए, हामीलाई ती संरचनाहरु बनाएर खेल आयोजना गर्नु कठीन काम थियो’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नभत्केको, बनाउनु नपर्ने कहीँ थिएन, सबै कुरा बनाउनु पर्ने थियो । यस्तो अवस्थामा काठमाडौं, पोखरा र जनकपुरमा समेत सागका प्रतियोगिताहरु आयोजना गरेर हामीले गर्न सक्छौं भन्ने सन्देश दिएका छौं ।’ खेल क्षेत्रमा नेपालले इतिहासको रेकर्ड तोडेको र अव थप गतिका साथ अघि बढ्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।
प्रधानमन्त्री ओलीले सागमा स्वर्ण पदक विजेता खेलाडीहरुलाई ९ लाख, रजत पदक विजेतालाई ६ लाख र कास्य पदक विजेतालाई ३ लाख रुपैयाँ पुरस्कार दिने प्रधानमन्त्रीले घोषणा गर्नुभयो । यस्तै दुई भन्दा बढी स्वर्ण पदक विजेतालाई प्रति स्वर्ण ११ लाखका दरले पुरस्कार दिने प्रधानमन्त्रीले घोषणा गर्नुभयो । समूह इभेन्टमा स्वर्ण पदक विजेता खेलाडीलाई पाँच पाँच लाख रुपैयाँ पुरस्कार दिने प्रधानमन्त्री ओलीले घोषणा गर्नुभयो ।

सम्बन्धित शीर्षकहरु
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
चिसोबाट जोगिन के गर्ने के नगर्ने ?
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२ -
ट्रम्पद्वारा ‘एच–वान बी’ भिसाको बचाउ, अमेरिकासँग पर्याप्त..
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



