

-
धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका क्षेत्रबाट बुधबार खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ ग¥यो । तीन दिनअघि धनगढी उपमहानगरपालिका क्षेत्रबाट पनि खैरो हिरोइनसहित तीन जना पक्राउ परेका थिए । यही मङ्सिर १२ गते धनगढीको एक होटेलवाट ब्राउन सुगरसहित दुई युवती र एक युवकलाई पक्राउ गरिएकामा यसै महिना अर्को एक घटनामा एक भारतीय युवक र नेपाली युवक पनि खैरो हिरोइनसहित पक्राउ परेका थिए ।
लागुऔषधको ओसारपसार र सेवनमा संलग्न हुने पछिल्लो समयमा लागुऔषधसहित धमाधम पक्राउ पर्न थालेका घटनाले कैलालीमा यो समस्या ठूलो समाजिक चुनौती बन्न थालेको देखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेत बढ्दै गएको लागुऔषधको समस्या समाजका लागि मुख्य चुनौतीका रुपमा देखिन थालेको बताउनुहुन्छ । प्रहरीको एक्लो प्रयासले मात्र यो समस्या निराकरण हुन नसक्ने भएकाले सम्बन्धित अभिभावक पनि आफ्ना छोराछोरीले दैनिक गर्ने आनीबानी र व्यवहारका बारेमा सचेत हुन निकै जरुरी भइसकेको उहाँको भनाइ छ ।
“कानून बमोजिम प्रहरीले गर्ने कारवाहीले मात्रै यो समस्याको समाधान पूर्ण रुपमा निराकरण हुन सक्दैन”, बस्नेतले भन्नुभयो, “समयमै अभिभावक सचेत हुनु जरुरी देखिएको छ ।” जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार लागुऔषधको कारोवार, ओसारपसार र सेवनका घटनामा अधिकांश युवा फेला पर्ने गरेका छन् । गत आवमा ८७ लागुऔषधसम्बन्धी मुद्दामा १२७ पक्राउ परेकामा चालू आवको चार महिनामा मात्रै ४८ मुद्दामा ७१ पक्राउ परिसकेका प्रहरीको तथ्याङ्क छ ।
लुकीछिपी सेवन र ओसारपसार गर्नेको सङ्ख्या योभन्दा बढी हुन सक्ने बताइएको छ । भविष्यका कर्णधार मानिने युवा यसरी लागुऔषध दुव्र्यसनीको सिकार हुने क्रम बढ्दै जाँदा समाजमा यो समस्याले गम्भीर रुप लिन थालेको प्रहरी अधिकृतको भनाइ छ । लागुऔषधका अम्मली शुरुमा चुरोट खान सिक्ने र त्यसपछि विस्तारै लागुऔषधको कुलतमा फस्ने गरेका पाइएको छ ।
समाजमा हुने चोरी र लुटपाटका घटनामा कुलतमा फस्नेको हात रहने गरेको देखिएको छ । “यस्ता अधिकांश घटनामा कुलतमा लागेका युवाको संलग्नता बढी देखिने गरेको छ”, प्रवक्ता बस्नेतले भन्नुभयो, “जसका कारण उनीहरुबाट नै समाजमा अशान्ति र चोरी गर्ने जस्ता घटना हुन थालेका छन् ।” यसको कुलतमा लागेकाले भारतसँगको खुला सिमानाको फाइदा उठाउँदै सजिलैसँग सीमा पारिबाट लागुऔषध भित्र्याई सेवन र कारोवार गर्ने गरेका पाइएको छ । यसको रोकथाममा सीमा नाकाका भारतीय प्रहरीले पनि सहयोग पु¥याउँदा कारोवार गर्ने धमाधम पक्राउ पर्ने क्रम बढेको बताइएको छ ।
पछिल्लो समयमा जिल्लामा बढीजसो ब्राउन सुगर र ट्याब्लेटको सेवन तथा कारोवार गर्ने बढी फेला पर्ने गरेको बताइएको छ । लागुऔषधको ओसारपसार प्रयोग र सेवन रोकथामका लागि नियमित जाँचका साथै विभिन्न विद्यालयमा चेतनामूलक कर्यक्रम सञ्चालन भइरहेका भए पनि अपेक्षाकृत रुपमा यो समस्या घट्न सकेको छैन । रासस
News Desk 0 response बिहिबार, मंसिर २६, २०७६


सम्बन्धित शीर्षकहरु
-
उपप्रधानमन्त्री लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
शुक्रबार, माघ १३, २०७९ -
कार्यालयमा जनशक्ति अभाव, सेवाग्राहीलाई सास्ती
शुक्रबार, माघ १३, २०७९ -
बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय..
शुक्रबार, माघ १३, २०७९ -
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै
शुक्रबार, माघ १३, २०७९ -
आत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्न..
शुक्रबार, माघ १३, २०७९
-
उपप्रधानमन्त्री लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
शुक्रबार, माघ १३, २०७९ -
कार्यालयमा जनशक्ति अभाव, सेवाग्राहीलाई सास्ती
शुक्रबार, माघ १३, २०७९ -
बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय..
शुक्रबार, माघ १३, २०७९ -
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै
शुक्रबार, माघ १३, २०७९ -
आत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्न..
शुक्रबार, माघ १३, २०७९
-
धौलागिरिमा बेपत्ता दुई युवाको शव फेला
बिहिबार, माघ ५, २०७९ -
पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने
बुधबार, माघ ४, २०७९ -
अन्जुको शोकमा छ चाँदनी चोक
बुधबार, माघ ४, २०७९ -
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी..
बिहिबार, माघ ५, २०७९ -
विमान दुर्घटना : थप एक जनाको शव..
मङ्लबार, माघ ३, २०७९