

-
धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका क्षेत्रबाट बुधबार खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ ग¥यो । तीन दिनअघि धनगढी उपमहानगरपालिका क्षेत्रबाट पनि खैरो हिरोइनसहित तीन जना पक्राउ परेका थिए । यही मङ्सिर १२ गते धनगढीको एक होटेलवाट ब्राउन सुगरसहित दुई युवती र एक युवकलाई पक्राउ गरिएकामा यसै महिना अर्को एक घटनामा एक भारतीय युवक र नेपाली युवक पनि खैरो हिरोइनसहित पक्राउ परेका थिए ।
लागुऔषधको ओसारपसार र सेवनमा संलग्न हुने पछिल्लो समयमा लागुऔषधसहित धमाधम पक्राउ पर्न थालेका घटनाले कैलालीमा यो समस्या ठूलो समाजिक चुनौती बन्न थालेको देखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेत बढ्दै गएको लागुऔषधको समस्या समाजका लागि मुख्य चुनौतीका रुपमा देखिन थालेको बताउनुहुन्छ । प्रहरीको एक्लो प्रयासले मात्र यो समस्या निराकरण हुन नसक्ने भएकाले सम्बन्धित अभिभावक पनि आफ्ना छोराछोरीले दैनिक गर्ने आनीबानी र व्यवहारका बारेमा सचेत हुन निकै जरुरी भइसकेको उहाँको भनाइ छ ।
“कानून बमोजिम प्रहरीले गर्ने कारवाहीले मात्रै यो समस्याको समाधान पूर्ण रुपमा निराकरण हुन सक्दैन”, बस्नेतले भन्नुभयो, “समयमै अभिभावक सचेत हुनु जरुरी देखिएको छ ।” जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार लागुऔषधको कारोवार, ओसारपसार र सेवनका घटनामा अधिकांश युवा फेला पर्ने गरेका छन् । गत आवमा ८७ लागुऔषधसम्बन्धी मुद्दामा १२७ पक्राउ परेकामा चालू आवको चार महिनामा मात्रै ४८ मुद्दामा ७१ पक्राउ परिसकेका प्रहरीको तथ्याङ्क छ ।
लुकीछिपी सेवन र ओसारपसार गर्नेको सङ्ख्या योभन्दा बढी हुन सक्ने बताइएको छ । भविष्यका कर्णधार मानिने युवा यसरी लागुऔषध दुव्र्यसनीको सिकार हुने क्रम बढ्दै जाँदा समाजमा यो समस्याले गम्भीर रुप लिन थालेको प्रहरी अधिकृतको भनाइ छ । लागुऔषधका अम्मली शुरुमा चुरोट खान सिक्ने र त्यसपछि विस्तारै लागुऔषधको कुलतमा फस्ने गरेका पाइएको छ ।
समाजमा हुने चोरी र लुटपाटका घटनामा कुलतमा फस्नेको हात रहने गरेको देखिएको छ । “यस्ता अधिकांश घटनामा कुलतमा लागेका युवाको संलग्नता बढी देखिने गरेको छ”, प्रवक्ता बस्नेतले भन्नुभयो, “जसका कारण उनीहरुबाट नै समाजमा अशान्ति र चोरी गर्ने जस्ता घटना हुन थालेका छन् ।” यसको कुलतमा लागेकाले भारतसँगको खुला सिमानाको फाइदा उठाउँदै सजिलैसँग सीमा पारिबाट लागुऔषध भित्र्याई सेवन र कारोवार गर्ने गरेका पाइएको छ । यसको रोकथाममा सीमा नाकाका भारतीय प्रहरीले पनि सहयोग पु¥याउँदा कारोवार गर्ने धमाधम पक्राउ पर्ने क्रम बढेको बताइएको छ ।
पछिल्लो समयमा जिल्लामा बढीजसो ब्राउन सुगर र ट्याब्लेटको सेवन तथा कारोवार गर्ने बढी फेला पर्ने गरेको बताइएको छ । लागुऔषधको ओसारपसार प्रयोग र सेवन रोकथामका लागि नियमित जाँचका साथै विभिन्न विद्यालयमा चेतनामूलक कर्यक्रम सञ्चालन भइरहेका भए पनि अपेक्षाकृत रुपमा यो समस्या घट्न सकेको छैन । रासस
News Desk 0 response बिहिबार, मंसिर २६, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


