

-
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार खेलकूद क्षेत्रलाई अघि बढाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा पदक विजेता खेलाडीका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पुरस्कार घोषणा कार्यक्रममा उहाँले नेपालको खेलकूदको विकासका लागि आफू प्रयासरत रहेको उल्लेख गर्नुभयो ।
सागमा पदक विजेता खेलाडी, प्रशिक्षक, पदाधिकारी तथा प्रतियोगिता सम्पन्न गर्न अहोरात्र खटिएका सबैलाई बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले १३औँ सागमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेकामा खुशी व्यक्त गर्नुभयो । उहाँले पदक प्राप्ति शुरुआत मात्र भएको र आउँदो चौधौँ सागमा नेपालले थप उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । “हामी सधैँ स्वर्ण पदक प्राप्त गर्ने प्रयासमा रहनुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
करिब ४६ मिनेटको आफ्नो शुभकामना तथा बधाई मन्तव्यमा प्रधानमन्त्री ओलीले १३औँ साग प्रगतिमूलक रहेको बताउनुभयो । “हामी कतिपय खेलमा सहभागी हुन नसक्ने अवस्थामा पनि खेलाडीले स्वर्ण पदक जित्नुभएको छ”, उहाँले भन्र्नुभयो, “हामी सबै नेपाली खुशी छौँ, देश खुशी छ ।” विगतमा एउटामात्र रङ्गशाला रहेको अवस्थामा यसपालि काठमाडौँ, पोखरा र जनकपुरमा सागका विभिन्न खेल सञ्चालन गर्न सकेको उहाँले उल्लेख गर्नुभयो । अर्को पटक नेपालले साग आयोजना गर्दा मुलुकका सातवटै प्रदेशमा नयाँ र स्तरीय रङ्गशाला निर्माण भइसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
तेह्रौँ सागको उद्घाटन तथा समापन समारोहमा दशरथ रङ्गशालामा आफू प्रत्यक्ष सहभागी भई अवलोकन गर्ने इच्छा भए पनि स्वास्थ्यका कारण आउन नसकेको खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो । “मैले निवास र अस्पतालबाटै विभिन्न खेलको अवलोकन गरेँ”, उहाँले भन्नुभयो, “अस्वस्थताका कारण भिडियो कन्फरेन्समार्फत शुभकामना तथा बधाई सन्देश दिएको हुँ”, विदेशी नागरिकले नेपालीको सहयोग बिना विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न नसकेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हरेक खेल जित्न सक्ने सामथ्र्य नेपाली खेलाडीमा रहेको उल्लेख गर्नुभयो । उहाँले इमान्दारी र मेहनत नै सफलताको कडी भएको बताउनुभयो ।
“जित्छु भनेर खेलेपछि जितिन्छ”, बालुवाटारमा उपस्थित तीन सयभन्दा बढी खेलाडी, प्रशिक्षक र खेलकूद पदाधिकारीमाझ प्रधानमन्त्री ओलीले भन्नुभयो । तेह्रौँ सागको पौडीमा चार स्वर्णसहित कूल नौ पदक जितेकी गौरिका सिंहको नाम उल्लेख गर्दै उहाँले सबै खेलाडीले आगामी प्रतियोगितामा स्वर्ण जित्ने उद्देश्यका साथ खेल्नुपर्नेमा जोड दिनुभयो । “प्रत्येक खेलाडीले आफ्नोे कीर्तिमान आफँै भङ्ग गरेर खेल्नुपर्छ”, उहाँले भन्नुभयो । सागको पुरुष फुटबलको फाइनलमा भूटानसँगको खेलमा नेपाली टोलीले विगतभन्दा राम्रो खेलेको सम्ँिझदै प्रधानमन्त्री ओलीले सबै खेलाडीलाई अभ्यास बढाउन आग्रह गर्नुभयो ।
सो अवसरमा युवा तथा खेलकू्दमन्त्री जगतबहादुर विश्वकर्माले प्रधानमन्त्री ओलीलाई १३औँ सागको मस्कट उपहारस्वरुप हस्तान्तरण गर्नुभएको थियो । पुरस्कार घोषणा समारोहमा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, संविधानसभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलिया लगायतको उपस्थिति थियो ।
सो अवसरमा राखेप सदस्यसचिव सिलवालले शुक्रबार १३औँ सागका विजेता खेलाडीलाई उपत्यकाका तीनवटै शहरमा रथारोहण गरिने जानकारी गराउनुभयो । मङ्गलबार सम्पन्न सागमा नेपाल ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २०६ पदक जित्दै प्रतियोगितामा दोस्रो भएको थियो । रासस
News Desk 0 response बुधबार, मंसिर २५, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३ -
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३



