

-
हेटौँडा । मकववानपुरको हेटौँडा र मकवानपुरगढी गरी दुई छुट्टाछुट्टै स्थानमा गएराति सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
गएराति हेटौँडा बजारबाट मकवानपुरगढीतर्फ जाँदै गरेको बा४ख ६३५५ नंको टिपरले ठक्कर दिँदा एकको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका–४, मक्रान्चुली नजिककै टिपरले ठक्कर दिँदा स्थानीयवासी ३४ वर्षीय दीपक पाख्रिनको घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनापछि टिपर चालक फरार छन् भने टिपर प्रहरी नियन्त्रणमा छ ।
त्यस्तै गएराति नै हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बाराबाट हेटौँडातर्फ आउँदै गरेको ना४२प ७५०६ नंको मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको सनाखत हुनसकेको छैन ।
सो दुर्घटनाबाट मोटरसाइकल चालकसहित दुई घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक पर्सागढी बस्ने ३० वर्षीय कञ्चन ठाकुर र चितवनको भरतपुर महानगरपालिका–१० बस्ने ३५ वर्षीया शर्मिला थापा मगर रहेका छन् । घाइतेमध्ये मोटरसाइकल चालक ठाकुरको अवस्था गम्भीर छ । ठाकुरको चुरेहिल अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर अस्पताल सिफारिश गरिएको छ । रासस
News Desk 0 response बुधबार, मंसिर २५, २०७६


सम्बन्धित शीर्षकहरु
-
नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश
मङ्लबार, माघ २४, २०७९ -
बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि…
मङ्लबार, माघ २४, २०७९ -
दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट..
मङ्लबार, माघ २४, २०७९ -
शहीदनगरका पूर्वप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार..
मङ्लबार, माघ २४, २०७९ -
टर्की भूकम्प : अहिलेसम्म ४३ सय जनाको..
मङ्लबार, माघ २४, २०७९
-
नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश
मङ्लबार, माघ २४, २०७९ -
बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि…
मङ्लबार, माघ २४, २०७९ -
दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट..
मङ्लबार, माघ २४, २०७९ -
शहीदनगरका पूर्वप्रमुखसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार..
मङ्लबार, माघ २४, २०७९ -
टर्की भूकम्प : अहिलेसम्म ४३ सय जनाको..
मङ्लबार, माघ २४, २०७९
-
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
अरुण तेस्रोको सुरुङ ‘ब्लास्टिङ’ गर्ने क्रममा एक..
मङ्लबार, माघ १७, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९ -
त्रिशूली अस्पतालमा जनआन्दोलनका घाइतेको नि:शुल्क उपचार
मङ्लबार, माघ १७, २०७९ -
विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल
मङ्लबार, माघ १७, २०७९