

-
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहरको अन्तिम व्यवस्थापन स्थानसम्म पु-याउनका लागि स्रोतमा नै फोहरको वर्गीकरण गरी लैजाने भएको छ । शहरवासीले उत्पादन गरेको फोहर शुरुकै अवस्थामा वर्गीकरण नगरी व्यवस्थापन समस्या आएको भन्दै महानगरपालिकाका सबै वडामा यस किसिमको व्यवस्था गर्न लागिएको हो । स्थानीय तहले स्रोतमा नै कुहिने, नकुहिने र पुनः प्रयोग गर्न मिल्ने फोहर फकर–फरक तरिकाले राख्ने तथा फोहर सङ्कलन गर्न गएका गाडीमा सोहीअनुरुप फोहर राख्नुपर्ने महानगरपालिकाले जनाएको छ ।
यसरी फोहर व्यवस्थापन गर्ने कार्यका लागि अहिले महानगरकाका ३२ वटै वडाप्रमुख र अन्य सरोकारवालासँग छलफल गरिरहेको छ । महानगरको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले फोहर सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापनका लागि नगरपालिकाबीच सहकार्य गर्ने विषय अघि बढेको बताउनुभयो । उहाँले दीर्घकालीन ल्याण्डफिल निर्माणपछि पनि काठमाडौँका स्थानीय तहले वर्गीकरण गरेर मात्रै अन्तिम विसर्जन गर्ने स्थानसम्म लग्नुपर्ने अन्यथा पुनः समस्या आउने जानकारी दिनुभयो ।
उत्पादन भएका सबै फोहरलाई अन्तिम व्यवस्थापन स्थानसम्म लैजाँदा छोटो समयमै उक्त स्थानहरु भरिने गरेका र धेरै पुनः प्रयोग गर्न मिल्ले फोहरजन्य सामग्रीको पनि प्रयोग हुन नसक्दा यस किसिमको व्यवस्था गर्न लागिएको हो । यस विषयमा सम्बन्धित वडाले नागरिकलाई जानकारी दिनेछ । जानकारीभन्दा फरक तरिकाले फोहर घरधनीले राखेमा उक्त घरको फोहरनै सङ्कलन नगर्ने चेतावनी महानगरपालिकाको छ ।
फोहरलाई स्रोतमा वर्गीकरण गरेर ल्याण्डफिलसाइटमा पु¥याउनुपर्ने फोहरको परिणाम घटाएर सम्भावित समस्या समाधानको बाटो खोजिएको विभागको भनाइ छ । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहबाट अहिले नुवाकोटको सिसडोलमा वर्गीकरणबिनाकै फोहरको व्यवस्थापन गरिँदै आएको छ ।
ककनीमा हाल दैनिक एक हजार मेट्रिक टन फोहर लगिने गरिन्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । सबैभन्दा बढी कामपाबाट दैनिक ५०० मेट्रिक टन फोहर विसर्ज हुने गरेको छ । विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोल फोहरले भरिए पनि उक्त स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा दीर्घकालीन फोहर विसर्जनस्थल निर्माण भइरहेको छ । रासस
News Desk 0 response बुधबार, मंसिर २५, २०७६

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



