

-
चिप्लेढुङ्गा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले गण्डकी प्रदेशबाट लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय कार्ययोजना कार्यान्वयन गरिने बताउनुभएको छ । आज लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी भूमिका र प्रतिबद्धता विषयक प्रदेशस्तरीय अभियान कार्यक्रममा मन्त्री गुरुङले हिंसा न्यूनीकरणका लागि गण्डकी प्रदेशबाट महत्वपूर्ण सुझावहरु सङ्कलन गरेर कार्य थालिने बताउनुभयो ।
उहाँले लैङ्गिक हिंसा विरुद्धको वर्ष अभियान २०७६/७७ लाई प्रभावकारी बनाएर विशेष योजनामार्फत अघि बढिनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “गण्डकी प्रदेशबाट हिंसा विरुद्धको अभियानमा प्रदेश कार्यालयसँग समन्वय गर्दै समस्याको पहिचानमार्फत प्रभावकारी तरिकाबाट काम थाल्नेछौँ ।” उहाँले विस्तृत अध्ययनपछि मात्रै थप कुरा सार्वजनिक गरिने बताउनुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महिला हिंसा सामाजिक विकासको बाधक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सभ्य समाजका लागि हिंसा सबैभन्दा ठूलो बाधक हो । सबैभन्दा पहिला कुरीति र कुसंस्कारको अन्त्य गर्न जरुरी छ ।” उहाँले शिक्षा र सचेतनामार्फत हिंसा न्यूनीकरणमा प्रदेशले जोड दिने बताउनुभयो ।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले हिंसा अन्त्यका लागि कानून कार्यान्वयन नै महत्वपूर्ण हुने भनाइ राख्नुभयो । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले स्थानीय तहबाटै लैङ्गिक हिंसालगायतका समाजमा विद्यमान विभिन्न कुरीतिजन्य हिंसा निवारण गर्न स्थानीय तहदेखि नै निर्देशिका बनाएर कार्य गरिने बताउनुभयो । महिला हिंसाको विषय शब्दबाट भन्दा पनि व्यवहारबाट नहटाएसम्म पीडितले न्याय पाउन नसक्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको अभियान वर्ष २०७६ को वार्षिक कार्ययोजनासम्बन्धी सहसचिव श्री रुद्रादेवी शर्माले प्रस्तुति राख्नुभएको थियो । शर्माको प्रस्तुतिमाथि विभिन्न समूहगत छलफल गरेर महत्वपूर्ण सुझाव सङ्कलन गरिएको थियो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न सामाजिक सङ्घसंस्थाका व्यक्तिहरुको व्यापक सहभागिता रहेको थियो । रासस
News Desk 0 response मङ्लबार, मंसिर २४, २०७६


सम्बन्धित शीर्षकहरु
-
मध्यरातमा त्रिभुवन विमानस्थलबाट १४ किलो अवैध सुन..
शुक्रबार, मंसिर २२, २०८० -
नेपाली सेनामा प्राविधिक अधिकृत पदमा आवेदन खुल्यो
शुक्रबार, मंसिर २२, २०८० -
बाला चतुर्दशीमा पशुपति मन्दिर परिसरमा जथाभाबी शतबीज..
शुक्रबार, मंसिर २२, २०८० -
एसीसी १९ वर्षमुनिको एसिया कप आजदेखि युएईमा,..
शुक्रबार, मंसिर २२, २०८० -
निर्वाचन आयोगद्वारा राष्ट्रियसभा चुनावका लागि दल दर्ताको..
शुक्रबार, मंसिर २२, २०८०
-
मध्यरातमा त्रिभुवन विमानस्थलबाट १४ किलो अवैध सुन..
शुक्रबार, मंसिर २२, २०८० -
नेपाली सेनामा प्राविधिक अधिकृत पदमा आवेदन खुल्यो
शुक्रबार, मंसिर २२, २०८० -
बाला चतुर्दशीमा पशुपति मन्दिर परिसरमा जथाभाबी शतबीज..
शुक्रबार, मंसिर २२, २०८० -
एसीसी १९ वर्षमुनिको एसिया कप आजदेखि युएईमा,..
शुक्रबार, मंसिर २२, २०८० -
निर्वाचन आयोगद्वारा राष्ट्रियसभा चुनावका लागि दल दर्ताको..
शुक्रबार, मंसिर २२, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा..
शनिबार, मंसिर १६, २०८० -
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने..
शुक्रबार, मंसिर १५, २०८०